म पहिलो महिला प्रधानमन्त्री बन्न चाहन्छु : श्रृंखला

ENTERTAINMENT
Spread the love

काठमाडौं, २२ मंसिर । चीनमा जारी मिस वल्र्डमा नेपालकी सुन्दरी श्रृंखला खतिवडा टप ३० मा पर्न सफल भएकी छन् ।

जारी प्रतियोगितामा श्रृंखलाको भिडियो क्लिप देखाउने क्रममा श्रृंखलाले आफू देशको पहिलो महिला प्रधानमन्त्री बन्न चाहेको श्रृंखलाको अडियो प्रशारण गरिएको थियो ।

चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा मिस नेपाल शृंखला खतिवडाले यसअघि दुई विधागत अवार्ड जितेकी छिन् । सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन् ।

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको हो । विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए । आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए।

यसरी छानिएका २५ मध्ये शृंखलाले बनाएको भिडियो उत्कृष्ट भएको हो ।

लाइभ हेर्नुहोस्ः

https://www.facebook.com/postmandunews/videos/340349226755158/

Leave a Reply

Your email address will not be published. Required fields are marked *