किवानिज क्लब अफ काठमाडौं हेरिटेजले बाँड्यो न्यानो कपडा

SOCIETY
Spread the love

काठमाडौं, २२ मंसिर । किवानिज क्लब अफ काठमाडौं हेरिटेजले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

तारकेश्वर नगरपालिका-८ डाँडागाउँ स्थित महादेवस्थान आधारभूत बिद्यालयका सम्पूर्ण ६० जना बिद्यार्थीका लागि क्लबले न्यानो कपडा वितरण गरेको हो ।

किवानिज क्लब अफ काठमाडौं हेरिटेजले शुक्रबार विद्यार्थीलाई ट्रयाकसुट तथा उनीको टोपी वितरण गरेको हो ।

जाडो मौसममा चिसोको कारण बिद्यार्थीहरुको न्यून उपस्थिति हुने समस्या समाधानका लागि क्लबले न्यानो कपडा वितरण गरेको जनाएको छ ।

साथै क्लबले दुई थान इमर्जेन्सी फस्ट एड बक्स (स्वास्थ्य सामग्री) समेत बिद्यालयलाइ प्रदान गरेको छ ।

  

यसअघि पनि क्लबले सोही बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको क्लबका अधक्ष राज कुमार श्रेष्ठले पोष्टमाण्डुलाई जानकारी दिए ।

सम्पूर्ण खर्च अन्य संथा तथा व्यक्तिबाट संकलन नगरी क्लबकै सदस्यहरुबाट जुटाइएको पनि उनले बताए ।

यसअघि क्लबले आफ्नो सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा अभिमुखीकारण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

किवानिज क्लब अफ काठमाडौं हेरिटेजले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *