सांसद महेश बस्नेतले एक बर्षमा गरेका ११ काम

NEWS
Spread the love

काठमाडौं, २२ मंसिर । नेपालमा संघीय संसदको निर्वाचन भएको २१ गते शुक्रबार एक वर्ष पुरा भएको छ । गत वर्ष मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत भक्तपुर–२ बाट निर्वाचित भएका थिए ।

निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा सांसद बस्नेतले मतदातालाई धन्यवाद दिँदै यो अवधिमा आफ्नो प्रयासमा निर्वाचित क्षेत्र तथा राष्ट्रियस्तरमा भइरहेका विकास निर्माणबारे विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

सांसद बस्नेतले भक्तपुरको समग्र विकासका लागि आफूले संसदमार्फत निरन्तर आवाज उठाउँदै आइरेको समेत जनाएका छन् ।

सांसद बस्नेतले गरेका काम

१. प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुर हुनुपर्ने माग सहित अन्तर्राष्ट्रिय स्तरको खेलमैदान तथा सम्मेलन केन्द्र भक्तपुरमा निर्माण गर्नको निम्ति आधार तयार गर्ने काममा लागि परेको छु ।

२. २०७५ असार २७ गते बाढीबाट भक्तपुर डुबानमा पर्दा प्रत्यक्ष रुपमा प्रभावितहरुको पीडामा सहानुभूति प्रकट गर्नुका साथै अकल्पनीय क्षतिलाई न्यूनीकरण गर्न विशेष पहल गरिएको छ । यस्तै प्राकृतिक विपत्तिलाई नियन्त्रण गर्न दुवै नगरपालिकामा ढल व्यवस्थापन गरिएको छ भने सयौं सौर्य बत्ति जडान गरिएको छ ।

३. एक वर्षको अवधिमा ८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी गरेको छु।

४. राजधानीलाई जोड्ने अरनिको राजमार्गलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत जडिबुटीमा विद्यमान सवारी जामलाई अन्त्य गर्नको निम्ति वैकल्पिक मार्गको पहिचान गरी व्यवस्थापन गर्ने काम अगाडि बढेको छ ।

५. गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनुको साथै कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ ।

६. पेप्सीकोला देखि सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्यविनायकदेखि धूलिखेलसम्मको ६ लेनको सडक लगायत सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको छ ।

७. मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढेको छ ।

८. खानेपानी आयोजनामा बजेट व्यवस्थापन तथा जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने र बालकोट देखि जगातीसम्म मध्यपुरको खानेपानी व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ ।

९. विश्वसम्पदा सूचीमा परेको भक्तपुर दरबार क्षेत्र, चाँगु नारायण र मध्यपुर ठिमीको बालकुमारी, चपाचो, बोडे, नगदेश र सूर्यविनायकको सम्पदा बस्ती व्यवस्थापन गर्न श्रोत व्यवस्थापन गर्न पहल भएको छ भने भूकम्पबाट क्षतिग्रस्त १४ वटा विद्यालय र २२ वटा मठमन्दिर, गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको छ ।

१०. जिल्लामा २ वटा स्मार्ट सिटीको डिपिआर सम्पन्न हुने क्रममा रहेको छ भने सिपाडोल, नंखेल, ताथली, सुडालमा नयाँ शहर र हनुमन्ते करिडोरको लोकन्थलीदेखि राधेराधेसम्मको क्षेत्रलाई समेटेर नयाँ शहर निर्माण गर्ने योजना अगाडि बढिसकेको छ ।

११. चालू आर्थिक बर्षका लागि सांसद विकास कोषको लागि विनियोजित ४ करोड रकम भक्तपुर क्षेत्र नम्बर २ अन्तर्गतका दुईवटा नगरपालिका सूर्यविनायक तथा मध्यपुरको विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रुपमा विनियोजन गरिएको छ । (यसको निम्ति सहजीकरण समिति समेत गठन गरिएको छ)

हनुमन्ते करिडोरमा नयाँ शहर

यसैबीच, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्त रुपमा हनुमन्ते नदीलाई व्यवस्थित गर्दै नयाँ शहर निर्माण गर्ने भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको हनुमन्ते करिडोर निर्माण तथा जग्गा एकिकरणबारे दुवै नगरपालिकाबीचको संयुक्त विस्तारित बैठकमा भक्तपुर २ न क्षेत्रका प्रतिनिधिसभा एवं प्रदेशसभाका सांसद महेश बस्नेतसहितको बैठकले यस्तो निर्णय गरेको हो । शनिबार बसेको बैठकले नदीको ५०० मिटर क्षेत्रभित्रको जग्गामा एकिकरण आयोजना सञ्चालन गर्दै नयाँ, व्यवस्थित र सुरक्षित शहर निर्माण गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकले दुई नगरपालिकाको क्षेत्र अन्तर्गत हनुमन्ते पुलबाट सूर्यविनायक–२, ३, ४, ५ बालकोट, दधिकोट, कटुञ्जेसम्म र मध्यपुरथिमिका १, ३, ४, ५ र ९ राधेराधे हुँदै लोकन्थली मनोहरा प्लानिङको सिमाना अर्थात ललितपुरको सिमानाको गोदाबरी खोला राम मन्दिरसम्मकोे क्षेत्रफलमा जग्गा एकिकरण आयोजना सञ्चालन गर्दै नदीको व्यवस्थापन र सुरक्षित आवास निर्माण गर्ने गरी कार्य अगाडि बढाउनेबारेमा छलफल भएको छ ।

आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सूर्यविनायकका प्रमुख वासुदेव थापाको संयोजकत्वमा मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठ सहसंयोजक र आयोजना क्षेत्रभित्र पर्ने दुबै नगरपालिकाका वडाअध्यक्ष सदस्य रहनेगरी आयोजना व्यवस्थापन समिति गठन गरिएको छ ।

सोही कार्यक्रममा भक्तपुरको समग्र विकासलाई सफलतापूर्वक सम्पन्न गर्न नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

उक्त समितिमा ३ नं प्रदेशसभा सदस्य शशीजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रजनी जोन्छे, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली काङ्ग्रेस जिल्ला सभापति दुर्लभ थापा, नेता अष्ट कवे, मदनकृष्ण श्रेष्ठ, नेकपाका नेता सुचित्रा श्रेष्ठ, भाइकृष्ण श्रेष्ठ, काङ्ग्रेस मध्यपुरका नगरसभापति सुरेन्द्र श्रेष्ठ, काङ्ग्रेसका नेता विष्णुराज कार्की र बालकृष्ण श्रेष्ठ सदस्य छन् ।

यो पढ्नुभयो ?

जाममुक्त भक्तपुर बनाउन बस्नेतको पहल

यो छुट्यो कि ? 

‘उज्यालो राजमार्ग’को अभियानमा सांसद बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *