सन्नी लियोनीले नेपाली गीतमा डान्स गर्दै गरेको तस्बिर सार्वजनिक

ENTERTAINMENT
Spread the love

काठमाडौं, २० मंसिर । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’ मा डान्स गरेका फोटोहरु सार्वजनिक भएका छन् ।

चलचित्रमा रहेको ‘सन्नी हो नाम मेरो…’ बोलको गीतमा उनले गरेको आइटम डान्सका केही तस्विर सार्वजनिक भएका हुन् ।

सेतो पहिरनमा सन्नी हट एण्ड सेक्सी देखिएकी छन् । बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले गीतको निर्देशन गरेका हुन् ।

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् ।

उक्त गीतमा सन्निलाई २ सय बढी डान्सरले साथ दिएका छन्। भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्नीसँगै फिचर छन्।

उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च गरेको दावी गरेका छन्।

नेपाली चलचित्रमा हालसम्मकै ठूलो बजेटमा पासवर्ड निर्माण गरिएको दावी निर्माण पक्षको छ ।

यो पनि पढ्नुहोस्ः

सन्नीको ट्विटपछि अर्जुनले गरे यस्तो ट्वीट

Leave a Reply

Your email address will not be published. Required fields are marked *