काठमाडौं १७ मंसिर । नेपालको चर्चित रियालिटी शो दि भ्वाइस अफ नेपालबाट राजु तामाङ र सुरेखा क्षेत्री बाहिरिएका छन् । आफ्ना प्रतिस्पर्धीभन्दा कम भोट आएपछि राजु र सुरेखा प्रतियोगिताबाट बाहिरिएका हुन् ।
राजु तामाङ टिम दिपमा थिए भने सुरेखा टिम प्रमोदमा थिइन् । टिम दीपबाट सिडि विजय अधिकारी र टिम प्रमोदबाट सिर्जय थपलिया भने भ्वाइसको आगामी एपिसोडको लागि छनौट भएका छन् ।
प्रतियोगिताबाट बाहिरिएपछि प्रतिक्रिया दिँदै राजेले भने, यो अन्त्य होइन, प्रतियोगिताबाट बाहिररिएपनि नेपाली सांगितिक क्षेत्रमा निरन्तर लागिरहनेछु ।
म धेरै खुशी छु : सुरेखा
प्रतियोगिताबाट बाहिरँदा आफूलाई दुख नलागेको र धैरैको मायाँ पाएको सुरेखाले बताइन् । उनले भनिन्, म धेरै खुशी छु, आसामदेखि आएँ । सबैले धेरै मायाँ गर्नुभयो । नेपाल, आसाम ताथ बाहिरका दर्शक सबैले धेरै मायाँ गर्नुभयो ।
आइतबारको एपिसोडमा टिम अभयाबाट अनु शाक्य र कुशल आचार्यले आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै टिम सनुपबाट बिद्या तिवारी र शैलु सिंहले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
विद्या तिवारीले सुन्तला पाकेर बोलको गित गाएकी थिइन् भने, शैलुले अनिल सिंहको डुब्न देउ मलाई तिम्रो नयनमा बोलको गित गाएकी थिइन् । आइतबारको एपिसोडमा सेलिब्रेटी गेष्टको रुपमा अनिल सिंह स्वंम कार्यक्रममा उपस्थित थिए । अनिलले शैलुको प्रस्तुतीको तारिफ गरे । कोचहरुले पनि शैलुको प्रस्तुतीको प्रशंसा गरेका थिए । आफू बिरामी हुँदाहुँदै पनि शैलुले आफ्नो प्रस्तुती दिएकी थिइन् ।
त्यसैगरी अनु शाक्यले राजमति कुमति बोलको गीतको साथै अभया सुब्बाको तिम्रो लागि सारा संसार भुलाइदिन्छु बोलको गित गाएकी थिइन् । कुशलले भने आकाशैमा चिल उड्यो धर्तीमा छायाँ बोलको गित गाएका थिए ।
आउने एपिसोडमा टिम अभयाबाट अनु शाक्य र कुशल आचार्यमध्ये एक जना बाहिरिने छन् भने, टिम सनुपबाट बिद्या तिवारी र शैलु सिंहमध्ये एक जना बाहिरिनेछन् । दर्शकले गरेको भोटको आधारमा कम भोट आउने प्रतिस्पर्धी बाहिरिनेछन् ।
https://www.facebook.com/postmandunews/videos/707368026312805/