काठमाडौं, १६ मंसिर । गायिका अञ्जु पन्तले चर्चित रियालिटी शो दि भ्वाइस अफ नेपालका प्रतियोगीहरुलाई पैसा बाँडेकी छन् ।
शनिबार प्रशारित भ्वाइसको २७ औं एपिसोडमा सेलिब्रेटी गेष्टको रुपमा कार्यक्रममा पुगेकी गायिका पन्तले प्रतियोगीलाई पैसा बाँडेकी हुन् ।
प्रतियोगीले आफ्नो प्रस्तुति सकाएपछि उनले पैसा हातमा राख्दै आर्शिवाद समेत दिएकी थिइन् ।
उनले प्रतियोगीलाई ५ सय र १ हजारको नोट आफ्नो पर्सबाट झिक्दै बाँडेकी थिइन् ।
अञ्जुले ‘दि भ्वाइस अफ नेपाल’का प्रतियोगीलाई पैसा बाँडेपछि सामाजिक संजालमा किन, केका लागि पैसा बाँडियो भनेर धेरैले प्रश्न राखेका छन् ।
अञ्जुले प्रतियोगीतामा बाँडेको पैसालाई अन्यथा लिन नमिल्ने ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले प्रतिक्रिया दिएका छन् ।
‘अञ्जुले आफूलाई मनपर्ने प्रतियोगीलाई बोलाएर पुरस्कार दिएकी हुन्’ पौडेलले भने, ‘मनपर्ने प्रतियोगीलाई हौसलाका लागि गेष्ट र जजले पैसा दिने चलन अन्तराष्ट्रिय रियालटी शोमा पनि देख्न सकिन्छ ।’
https://www.facebook.com/postmandunews/videos/915784041947056/