फेरि सुरु हुँदै कपिल शर्मा शोः टिजर सार्वजनिक, पहिलो पाहुना को ?

ENTERTAINMENT

एजेन्सी, १३ मंसिर । ‘द कपिल शर्मा शो’ पुनः एकपटक मानिसहरुलाई हँसाउने प्रतिबद्धतासहित सुरु हुँदैछ ।

सोनी टेलिभिजनले कार्यक्रम ‘द कपिल शर्मा शो’को टिजर सार्वजनिक गरेको छ ।

शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्माको फिल्म जिरो २१ डिसेम्बरमा रिलिज हुने तयारीमा छ । यो फिल्मको प्रोमोशनका लागि यी तीनै कलाकार कपिलको कार्यक्रममा जाने बताइएको छ ।

कपिलले मार्च सन् २०१८ मा फ्यामिली टाइम विद कपिलबाट फिर्ता हुने कोसिस गरेका थिए तर तीन एपिसोड अनएयर भएपछि नै कार्यक्रम बन्द भएको थियो ।

तर कपिल शर्माको बिग्रदों स्वास्थ्य र गैर–व्यवसायिक व्यवहार देखाउँदै कार्यक्रम बन्द गरिएको थियो ।

आफू ठिक भएपछि उनी चाँडै नै टेलिभिजनमा फिर्ता हुने बताएका थिए ।

टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *