यसकारण मज्जाले खानुहोस् चकलेट

LIFESTYLE
Spread the love

चकलेट प्रायः सबैलाई मन पर्छ । त्यसमाथि बालबच्चालाई त झन चकलेट खुबै मन पर्छ । शुभअवसरमा वा रमाइलोको बेला चकलेट बाँडेर रमाइलो गर्ने पनि गरिन्छ ।

बजारमा पाइने सबैखाले चकलेट राम्रो हुन्छ भन्ने चाहीँ हौइन, चकलेटमा पाइने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण कोकोका दानामा पाइने विशेष पोषक तत्वबाट आउँछ । फ्लाभोनोइड्सको मात्रा बढी पाइने डार्क चकलेट मिल्क चकलेटको तुलनामा बढी प्रभावकारी हुन्छ ।

चकलेट खानुका फाइदा

-चकलेटले छालामा निखार ल्याउनुका साथै यसमा पाइने प्रशस्त एन्टिअक्सिडेन्टका कारण मुटुरोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउँछ ।

-डार्क चकलेट खाँदा मस्तिष्कको कार्यप्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

-डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट हुनाले मटुरोग, क्यान्सर र बुढ्यौलीसम्बन्धी रोगलाई रोक्न सहायक हुन्छ ।

-यसमा पाइने पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राख्छ । र रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।

-महिलाहरूलाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिने गर्छ ।

-गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *