३४ बर्षअघि यसरी तयार भएको थियो ‘किन किन तिम्रो तस्विर..’

ENTERTAINMENT

किन किन तिम्रो तस्विर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ
अँध्यारोमा रातबिच तारापिच्छे घुम्छ
जुनेलीमा जुनसित ओर्ली मुख चुम्छ 

आजभन्दा ३४ बर्षअघि रेकर्डिङ भएको यो गीत हरेक नेपालीको निम्ती कालजयी गीत बन्न सफल भएको छ । गुलाम अलीको कर्णप्रिय आवाजमा सजिएको यस गीतको शब्द मबिबि (महेन्द्र बिरबिक्रम) शाहले कोरेका हुन् । गीतमा दिपक जंगमले संगीत भरेका हुन् ।

नेपाली संगीतका महारथी बन्न सफल गायक तथा संगीतकार हुन् दिपक जंगम । नेपाली संगीतको स्वर्णीम कालदेखीका एक बलिया खम्बाको रुपमा उनी परिचित छन् । ९ बर्षकै उमेरमा उनले आफ्नै शब्द, संगीत र स्वरमा गीत प्रशारण गराएका थिए । संगीतलाई पेशा नभई साधना बनाउँदै आएका श्रष्टा हुन् जंगम । के पुराना पुस्ता के नयाँ पुस्ता सबै समयका गायक गायिकाहरुको सुरमा उनको संगीतले रस भरको छ ।

उनै श्रष्टा जंगम नेपाल आइडल सिजन २ को २८ औं एपिसोडमा शुक्रबार अतिथिको रुपमा सहभागी भएका थिए । नेपाल आइडलका प्रतिस्पर्धीलाई हौसला प्रदान गर्नका लागि उनलाई कार्यक्रममा निमन्त्रणा गरिएको हो ।

नेपाल आइडललाई सम्बोधन गर्दै उनेल भने,

‘नमस्कार नेपाल आइडल । मलाई सम्झनुभयो । यो संगीतको यात्रा नेपाली सांगीतिक जगतको लागि एउटा सुखद पक्ष भएको छ । संगीतको सपना बोकेर आएका, सपना देखेका प्रतिभा (प्रतिस्पर्धी)हरुलाई एउटै मञ्चमा राखेर नेपाल आइडलले जो काम गरेको छ । यसको लागि नेपाल आइडल सिजन टु लाई म फेरी पनि हार्दिक धन्यवाद दिन चाहन्छु । र तपाईंहरु(प्रतिस्पर्धी)लाई म हार्दिक शुभकामना दिन चाहन्छु ।’

कार्यक्रको शुरुमा नै दुई प्रतिस्पर्धी रवि ओड र विक्रम बरालले किन किन तिम्रो तस्विर मलाई निको लाग्छ बोलको गीत गाएका थिए । उनीहरुको प्रस्तुतीपछि जंगमले गीत निर्माण गर्दाको पल यसरी स्मरण गरेका थिए ।

यसरी तयार भयो गीत

गीतको बारेमा संगीतकार दिपक जंगमले भने,
-यो आजभन्दा ३४ बर्षअघिको गीत हो ।
-गुलाम अली काठमाडौं भिजिटमा आउनुभएको समयमा यो गीत रेकर्डिङ भएको हो ।
-उहांलाई नेपाली गीत गाउनको लागि अनुरोध गरिएको रहेछ (उहाँकै देशमा) ।
-उहाँसँग मेरो भेट भयो । लगभग ५ दिनको मार्जिन थियो उहाँको काठमाडौं भिजिटको ।
-त्यो ५ दिनभित्र मलाई कमसेकम ४ वटा गीत तपाईंले गर्दिन सक्नुहुन्छ कि ? भनेर उहाँले मलाई अनुरोध गर्नुभयो ।
-त्यसमा पनि उहाँको सर्त थियो मबिबि शाहकै शब्द चाहिन्छ भन्ने र संगीत तपाइंले गर्दिनुपर्छ भन्ने ।
-त्यही ५ दिनको समयभित्र यो गीत कम्पोज भएको हो ।
-उहाँ गैर नेपाली हुनुहुन्थ्यो । सुरुमा त उहाँलाई नेपाली भाषा बुझाउन गाह्रो भयो । त्यसपछि शब्द उच्चारण गराउन गाह्रो भयो ।
-उहाँले भन्नुभएको थियो, दिपक भाइ यसलाई सक्यौं भने टुक्रा गर्न पाए हुन्थ्यो ।
-दुनिया एडभान्स भइसकेको थियो । हामी उही पुरानो मोनो सिस्टममा थियौँ ।
-त्यो दिन दिउँसो ३ बजे उहाँको कन्सर्ट थियो ।
-साढे २ बजेदेखि रेकर्डिङ सुरु भयो गीत गाउँदा गाउँदै मान्छेहरु आएर बारम्बार उहाँलाई नक गर्न थाले । उहाँ कन्सर्टमा जाने समय भइसकेको थियो ।
-उहाँको त्यो परिस्थिति देखेर मैले भनेँ, अब एउटा रिस्क लिन्छु म । आजसम्म नेपालमा कसैले नगरेको काम (रिस्क) लिन्छु ।
-यो गीतलाई दुई पिस (टुक्रा) पारेर म फेरी जोडेर गर्छु भन्ने मैले सोचेँ । तपाईं हाफ गीतमात्र गाएर जानुस् अन्तिमचोटी भनेर मैले उहाँलाई अनुरोध गरेँ ।
-दोस्रो अ्रन्तराको अन्तिम पार्ट मात्र गाएर उहाँ कार्यक्रम (कन्सर्ट)को लागि जानुभयो ।
-पछि म त्यहाँ बसेर एडिट गरेँ । यो गीत यसरी जन्मेको हो, जुन नेपालमा त्यसभन्दा अघि कहिल्यै पनि त्यसरी काम भएको थिएन ।

आफूले यसरी सिर्जना गरेको गीत आज तेस्रो जेनेरेशनले गाइरहँदा श्रष्टाको लागि निकै खुशीको पल भएको उनले बताए ।

गीतको शब्द

किन किन तिम्रो तस्विर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ
अँध्यारोमा रातबिच तारापिच्छे घम्छ
जुनेलीमा जुनसित ओर्ली मुख चुम्छ

एकलाछ ठाउँमा त्यो शक्ति मेरै बन्छ
आधारातमा ब्यँझेपनि सिरानमै हुन्छ
प्रभातको मिरमिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आइपुग्छ

बिछोडको बेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यही आशा बन्छ
कोपिलामा हाल्छु जब मुटुभित्रै पुग्छ
जति टाढा पुग्छु नजिक त्यहीँ हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *