काठमाडौं, २४ कार्तिक । फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झाको मुख्य अभिनय रहेको फिल्मको टिजरमा दयाहाङ राईको समेत अभिनय देख्न सकिन्छ ।
कुनै जात्रामा मकुण्डोसहित नृत्य गर्ने लाखेहरुको बीचबाट भाग्दै गरेका तीन पात्र विपिन, रवीन्द्र सिंह र रवीन्द्र झा टिजरमा देखिएका छन् ।
जिवनबाट हार खाएका उनीहरु मर्ने ठाउँ खोजिरहेका हुन्छन् । पृष्ठमूभीमा रानीपोखरीको दृश्य देखाइएको छ । यसैक्रममा रवीन्द्र झाले एक डायलग बोलेका छन्, उनले भनेका छन् ‘न डुब्नलाई रानीपोखरी छ, न हाम फाल्नलाई नौ तले धरहरा छ, साला काठमाडौंमा सजिलोसँग मर्ने वातावरण पनि छैन यार ।’
टिजरमा उनीहरु मर्न खोज्दा खोज्दैपनि दयाहाङ राईको जालमा परेको देख्न सकिन्छ ।
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रै जात्रा’मा वर्षा राउत, दयाहाङ राईका साथै प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु रानालगायतको अभिनय रहेको छ ।
फिल्म फागुन १७ गते देखि प्रदर्शन हुनेछ ।
टिजर हेर्नुहोस्: