डोल्पा, १९ कार्तिक । डोल्पामा जीप दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको भने जीवितै उद्दार गरिएको डोल्पा प्रहरीले जानकारी दिएको छ ।
सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडा नजिकैको बतासे बडारमा दुर्घटना भएको हो । जीप सडकबाट पन्ध्र मिटर तल ठुलीभेरी नदीमा खसेको प्रहरीले पोष्टमाण्डुलाई जानकारी दिएको छ ।
मृत्यु हुनेमा,
-त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोटका हेमराज हमाल
-लक्ष्मी रोकाय
-नरसिंह कठायत
-शेरबहादुर थापा
-वडा नम्बर २ का अस्मिता रोकाय
-कुमार रोकाय
-वडा नम्बर ३ का बुध धराला
-मनिसा धराला
-वडा नम्बर ५ का याम रोकाय र
-भद्र रोकाय रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिए ।
दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर २ का नन्दबहादुर थापा र वडा नम्बर ३ का चालक दिनेश बोहोरा घाइते भएका छन् । घाइतेमध्ये बोहोराको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
घाइते दुबैको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ ।