सनीको शानदार कम ब्याक (मोहल्‍ला अस्‍सीको ट्रेलर)

ENTERTAINMENT
Spread the love

एजेन्सी । सनी देओल र साक्षी तन्वर को बर्षौदेखि रोकिएको विवादित फिल्‍म ‘मोहल्‍ला अस्‍सी’ पहिल्यै नै लिक भए पनि फिल्महलमा कानुनी तवरले प्रवेश पाएको थिएन ।

यस फिल्मको आधिकारिक ट्रेलर बिहीबार यूट्यूबमार्फत सार्वजनिक गरिएको छ ।

ट्रेलर सार्वजनिक भएसँगै ट्विटर र यूट्यूबको ट्रेन्डमा छ ।

बनारसको मोहल्‍ला अस्‍सीको गल्लीमा राम मन्दिर निर्माण गर्ने विषय फिल्ममा समावेश गरिएको छ । यस फिल्मलाई ए सर्टिफिकेट दिइएको छ ।

लामो समयसम्म सेन्सर बोर्डमा रोकिएको यस फिल्ममा सनी देओल, साक्षी तन्वर तथा रवि किशनको मुख्य अभिनय रहेको छ ।

फिल्‍म १६ नोबेम्बरबाट प्रदर्शनमा आउने भएको छ ।

ट्रेलरमा सनी देओललाई बनारसको घाटमा बस्ने पण्डितको भूमिकामा देखाइएको छ ।

ट्रेलर हेर्नुहोस्ः 

https://www.youtube.com/watch?v=G4-uLtTZ7NU

Leave a Reply

Your email address will not be published. Required fields are marked *