नेपाल आइडलका प्रतिस्पर्धी सुमित पाठकको अनुरोध

मनोरञ्जन
23 Shares

काठमाडौं, ६ कार्तिक । एपी वान एचडी टेलिभिजनमा प्रशारण हुने नेपालको रियालिटि सो नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, सुमित पाठक ।

कर्णप्रिय आवाजका कारण उनले अडिसनमै गोल्डेन माइक प्राप्त गरेका थिए । सुमित अहिले भोटिङ राउण्ड छन् । सुमधुर आवाजका धनि सुमितलाई नेपाल आइडल बन्न अब जनमतको आवश्यकता छ ।

झापा घर भएका १९ बर्षिय प्रतिस्पर्धि सुमित पाठकले देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरेका छन् ।

सुमितलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर 12 टाइप गरि 31009 मा पठाउनुपर्ने हुन्छ । १० बर्षको हुँदा आमाको मायाँ गुमाएका सुमितको गायन संघर्ष जारी नै छ ।

नेपाली सांगीतिकत क्षेत्रमा संघर्षरत सुमित गायनलाई नै आफ्नो करियर बनाउने सोचमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *