जब पेटीकोट लगाएर महिलाहरु माइतीघरमा उत्रिए…(भिडियो)

SOCIETY
Spread the love

काठमाडौं, २ भदौ । बलात्कारीलाई कडा सजाय हुनुपर्ने माग गर्दै काठमाडौंमा महिलाहरुले सरकारविरोधि प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रहरीसँग विवाद भएपछि केही प्रर्दशनकारीलाई पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए ।

प्रहरीले शावित्री सुवेदी, शावित्री सुवेदीका रिया भण्डारी लगायतलाई पक्राउ गरेको छ । साथै तेस्रो लिंगी सन्ध्या लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहको विरोध गर्दै प्रदर्शनकारीले प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

भिडियो हेर्नुहोस्ः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *