आमाको माया छात्रावासलाई लायन्स क्लबको सहयोग

NEWS
Spread the love

काठमाडौं, १९ साउन ।  बिगत १६ बर्षदेखि सामाजिक तथा सेवामुलक कार्य गर्दै आएको जनजाति कल्याण आश्रम नेपालले देशका बिभिन्न ठाउँहरुमा सामाजिक अभियान सञ्चालन गर्दै आएको छ । ुआमाको माया छात्राबास,एकल बिद्यालय, श्रद्धा जागरण केन्द्र, स्वयं सहायता समूह, खेलकूद केन्द्र,लगायतका कार्य आश्रमले सञ्चालन गरिरहेको छ ।

आमाको माया छात्राबास मूल सेवा कार्य हो । जनजाति गरिब बालबालिकालाई निशुल्क रुपमा सम्पूर्ण सेवा दिँदै आएको छ। देशभरी १० स्थानमा रहेको छात्राबासमा ३०० भन्दा बढी बिद्यार्थी लाभान्वित भएका छन् ।

यसैबीच, काठमाडौंको मुलपानीमा रहेको आमाको माया छात्रावासका लागि लायन्स क्लब कालिका र लायन्स क्लब न्यू बिहानीले शुक्रबार संयुक्त रुपमा खाद्यन्न तथा जस्तापाता प्रदान गरेको छ ।

कार्यक्रममा छात्रावासका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । औपचारिक पढाइसँगै त्यहाँका बालबालिकालाई अतिरिक्त क्रियाकलापमा समेत छात्रावासले संलग्न गराउँदै आएको छ । कार्यक्रममा बालबालिकाले राष्ट्रिय भावले ओतप्रोत गीत गाएका थिए ।

बालबालिकाके उक्त प्रतिभा देखेर लयन्स क्लब न्यू बिहानीका अध्यक्ष अजय श्रेष्ठ, कालिकाका अध्यक्ष सञ्जु गुरुङ तथा जोन चेयरपर्सन नबिन चौलागाईंले प्रशंसा गरे । बालबालिकाको प्रशंसा गर्नुका साथै आफ्ना बालबालिकामा पनि अब देखि यस्तै भावना विकास गर्न चाहेको उनीहरुले बताए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वान सेकेन्ड भाईस डिस्ट्रिक्ट गभर्नर टंक बहादुर श्रेष्ठले लायन्स क्लबले आमाको छात्रावासलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लायन्स क्लबले विभिन्न सामाजिक तथा सेवामूलक कार्यहरु गर्दै आएको उनले जानकारी गराए ।

छात्रावासका विद्यार्थीले अनुशरण गर्ने दैनिकी आफ्ना बच्चाहरुमा पनि लागू गराउने लयन्स क्लब न्यू बिहानीका अध्यक्ष अजय श्रेष्ठले बताए । उनले भने, ‘छात्रावासका बालबालिका भेट्न पाउँदा म असाध्यै खुसी छु । अझै उनीहरुको संस्कारबाट त म झनै खुसी भएँ । हरेक बालबलिकामा यस्तो गुण हुन आवश्यक छ ।’ श्रेष्ठले आगामी दिनमा पनि छात्रावासमा रेहका बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा कल्याण आश्रम काठमाडौं सम्भागका महासचिब पंकज जालानले छात्रावासको काम तथा उद्देश्यको बारेमा जानकारी गराएका थिए । साथै कल्याण आश्रम नेपालका संगठन सचिब भट्ट मिलानले संगठनको बारेमा प्रकाश पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *