प्रियंकाले गरिन् र आयुष्मानसँग इन्गेजमेन्ट (फोटो)

ENTERTAINMENT
Spread the love

काठमाडौं, ३० असार । विवाह बन्धनमा बाँधिने तयारीमा रहेका अभिनेत्री (नायिका) प्रियंका कार्की र आयुष्मान देशराज श्रेष्ठ जोशीबीच टीकाटालो (इंगेजमेन्ट) भएको छ ।

प्रियंका र आयुषले असार ३० गते शनिबार टिकोटालो गरेका हुन् ।

पारिवारिक सदस्यहरुको उपस्थितिमा प्रियंका र आयुष्मानको इंगेजमेन्ट भएको हो । प्रियंका आयुष्मानसँग डेढ बर्षदेखि रिलेसनमा रहँदै आएकी थिइन् ।

सुटुक्क गरिएको ईन्गेजमेन्टको फोटो तथा तस्बिर पुर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले सार्वजनिक गरेकी हुन् ।

उनीहरुबीच औपचारिक विवाह भने अर्को बर्ष हुने पारिवारीक स्रोतले जानकारी दिएको छ । यद्यपि विवाहको औपचारिक मिति भने तय भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *