काठमाडौं, १६ असार । राजधानीको जडिबुटीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदी छन् ।
दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय अमन ढुंगेल घाइते भएका छन् । मृतक सुवेदी मोटरसाइकलमा पछाडी बसेका थिए ।
भक्तपुरबाट कोटेश्वर आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते ढुंगोलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।