रक्सीसँग खान पकाएको मासु पोखिएपछि युवकको हत्या

SOCIETY
Spread the love

काठमाडौं, २४ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका-८, जीतपुरका उमेश कार्कीको हत्याको अभियोगमा नेपाली सेनाका कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली सेनाको नयाँ सबुज गण दरबन्दी भएका प्यूठ राम सागर चौधरी र काठमाडौंको सानो भर्याङका गंगाराम चौधरी छन् ।

गत, १५ असारमा कार्कीमाथि फलामको रड र चक्कु प्राहर भएको थियो । घटना लगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले दिएको जानकारीअनुसार सामान्य विषयमा विवाद हुँदा कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

प्रहरी अनुसन्धानले भन्छः

-उनीहरु ५/६ जना सँगै बसेर मादक पदार्थ सेवन गरिरहेका थिए ।

-उनीहरुले रक्सीसँग खानको लागि भन्दै कुखुराको मासु पकाएका थिए ।

-त्यसैक्रममा पकाएको मासु पोखिएको विवादमा कार्कीमाथि हतियार प्रहार भएको हो ।

-घटनामा अन्य ३ जना पनि संलग्न छन् । उनीहरुको खोजीभइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *