आ-आफ्नै फिल्ममा मस्त यो जोडी

ENTERTAINMENT
Spread the love

काठमाडौं, २२ असार । नायिका स्वस्तिमा खड्का अहिले निकै व्यस्त छिन् । हाल उनी चलचित्र ‘बुलबुल’को सुटिङमा व्यस्त छिन् । बुलबुलमा उनी टेम्पो चालकको भूमिकामा प्रस्तुत भएकी छन् । स्वस्तिमाको मूख्य अभिनय रहेका केही चलचित्रहरु प्रर्दशनका तयारीमा छन् ।

स्वस्तिमाका श्रीमान निश्चल बस्नेत पनि अहिले फिल्म सुटिङमै व्यस्त छन् । निश्चल अहिले चलचित्र ‘प्रसाद’को सुटिङमा छन् । निर्देशनमा राम्रो छवि बनाएका निश्चललाई पछिल्लो समय अभिनयमा रस पस्न थालेको छ ।

गत असार १२ गते यी दुई जोडीले आ आफ्नो फिल्ममा काम शुरु गरेका हुन् । १२ गते प्रसादको शुभमुहर्त गरिएको हो । त्यसै दिन चलचित्र बुलबुलको पनि घोषणा भयो ।

स्वस्तिमाको अभिनय गरेको चलचित्र जय भोले र नाइँ नभन्नु ल ५ प्रदर्शन हुन बाँकी छ भने, छक्का पञ्जा ३ मा समेत उनले अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *