१७ वर्षीया गर्भवतीको हत्याः श्रीमान बेपत्ता

SOCIETY
Spread the love

राजविराज, १ असार । सप्तरीको राजविराज नगरपालिका १५ मा एक जना गर्भवतीको हत्या भएको छ ।

राजविराज नगरपालिका–१५ मुसहर्नियाकी १७ वर्षीया बेचनीकुमारी साहको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

बेचनीकुमारीको हत्या गरी ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शुक्रबार शव फेला परेको हो ।

गर्भवती रहेकी बेचनी कुमारीको करीब ४ र ५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँमै दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शव भेटिएको हो ।

मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर बेपत्ता भएका छन् । घटनाबारे थप अनुसन्धान भइसकेको बताइएको छ ।

पतिले नै हत्या गरेको मृतक बेचनीको माइती पक्षले आरोप लगाएका छन् ।

यसअघि दुई दिनअगाडि पनि राजविराज नगरपालिका–९ स्थित मलेठमा ससुराली आएका एक युवकको ससुरा, जेठान र श्रीमतीले कुटपिट गरी हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *