मन्त्री लालबाबु पण्डितलाई इशा गुरुङको खुला पत्र

NEWS

काठमाडौं, २९ जेठ । संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई इशा इशा गुरुङले खुला पत्र लेखेकी छन् । विगत केही समयदेखि लण्डनमा बस्दै आएकी इशाले पत्रमा प्रवासी नेपालीलाई अवहेलना नगर्न आग्रह गरेकी छन् । उनी समाजसेवाको क्षेत्रमा पनि सक्रिय छिन् ।

भौतिक रुपमा टाढा भए पनि आफ्नो देशको मायाँ लाग्ने तथा देशलाई अपठ्यारो पर्दा आफूहरुलाई दुख्ने उनले पत्रमा लेखेकी छन् । साथै पत्रमा उनले प्रवासीप्रतिको सोच परिवर्तन गर्न पनि आग्रह गरेकी छन् ।

यस्तो छ इशाको पत्र

लाल बाबु पन्डित मन्त्रि ज्यु लाइ मेरो पत्र !

लाखौं युवाहरु खाडीमा छन् । युरोप एशिया अमेरिका बेलायततिर पनि उतिकै छन् । तर, हजुरले किन प्रवासी नेपालीहरूलाइ अपमान र अअवहेलना गर्नुहुन्छ ? ती प्रवासी नेपालीहरू नै देशमा आपत बिपत आउँदा र देश रूँदा सबैभन्दा पहिला हामी प्रवासी नेपालीहरू नै हौ सहयोग गर्ने ।

बिहान सुर्य उदाउन साथ देशमा के भइरहेको छ भनेर चिन्ता गर्ने हामी नै हौँ । र साँझ सुर्य अस्ताउदा पनि देशमा के भइरहेको छ भनेर जान्न चाहाने पनि हामी प्रवासी नै हौँ । र संसारको हरेक देशमा हजुरकै पार्टीका संघ संस्थाहरु खोलेर हजुरकै पार्टीको समर्थनमा राजनीति गर्नेहरू पनि अनगिन्ति छन् ।

हजुरले काठमाडौंको गल्तीहरूमा झाडु कुचो लिएर फोहोर सफा गरिरहँदा हामी प्रवासी नेपालीहरू हजुरप्रति गर्ब नगरेको पनि हैन ।

आफ्नो सन्तान भौगोलिक दुरीमा रहेता पनि अन्तमा आँफ्नै देशको ढुंगा माटो, गाउँ, शहरलगायत सारा देश र दुखी पीडित असहाय बेसहारा अपांगंतादेखि द्वन्द पीडित सबै नेपालीलाई सहयोग गर्ने पनि हामी प्रवासी नेपालीहरु नै हौँ । हजुरले सोच परिवर्तन गर्न अति जरूरी छ ।

जबसम्म देश बन्दैन तबसम्म नेपालीहरू रोज़गारी र भबिस्य उज्यालो बनाउन यसरी नै दिनहुँ देश छोड़न् बाध्य भएका छन् । बरू देशमा रोज़गारीको व्यवस्था गर्नुस्, कल कारख़ाना देखि राम्रा राम्रा विश्व विद्यालयहरु खोल्नुस्, ताकि बाहिर देशका मान्छेहरू हाम्रै देशमा पढ्न आउन्, रोज़गारी खोज्न पनि आउन् ।

-इशा गुरुङ, लण्डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *