सन्दीप लामिछाने त गायक पनि बने, यस्तो छ उनको गीत

ENTERTAINMENT
Spread the love

काठमाडौं, २६ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर विश्वभर चर्चा बटुल्न सफल क्रिकेटर सन्दीप लामिछाने गायक पनि बनेका छन् । क्रिकेठपछि गीत संगीत आफ्नो रुचीको विषय भएको उनले बताउँदै आएका थिए ।

‘उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् । विनोद तिमिल्सिनाले लेखेको गीतमा उनको आफ्नै कम्पोजिसन छ ।

क्रिकेटर सन्दीपले संगीतलाई आफ्नो दोस्रो भनेर बताउने गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

सन्दीपले गाएको गीत रोमान्टिक र मेलोडियस छ । उनको स्वर प्रोफेसनल गायकको भन्दा कम सुनिँदैन । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् ।

यस्तो छ गीतः

Leave a Reply

Your email address will not be published. Required fields are marked *