गोरखा, २६ जेठ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई शनिबार पुर्ख्यौली घर गोरखा लगिएको छ ।
क्यान्सरबाट पीडित देवकोटालाई उनकै इच्छाअनुसार जन्मथलो गोरखा लगिएको हो ।
देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए ।
घरभन्दा करिब समय मिटर माथि हेलिप्याड निर्माण गरिएको थियो ।
देवकोटालाई घरको पिँढीमा राखियो ।
त्यसलगतै घर नजिक रहेको सिस्नेधारा (मुल)को पानी ल्याएर खुवाइयो ।
चम्चाको सहयोगले उनलाई पानी खुवाइएको हो ।
घरमा पुग्दा देवकोटाको मुहार हँसिलो थियो ।
उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भएन ।
डा. देवकोटाले परिवारका सदस्यहरुसँगै गोरखामा रहेको घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।
डा. देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उनको उपचार भइरहेको छ ।