काठमाडौं, २५ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको काठमाडौंको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।
अनामनगरमा रहेको अग्रवालको घरमा सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले छापा मारेको हो ।
ताला लगाइराखेको घरमा शुक्रबार समितिले छापा मारेको हो । घरबाट ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले जनाएको छ । बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
गत फागुन ९ गते भित्रुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको भन्दै समितिले छापा मारेको जनाएको छ ।
अग्रवालको घरमा रहेका कम्युटर, ल्यापटपलागयत केही सामानहरुमा सिलबन्दी गरिएको समितिका एक जना सदस्यले जानकारी दिए ।
अग्रवालको स्थायी घर धरान हो । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणपछि अग्रवाल अनामनगरको घर बन्द गरेर फरार हुन् ।