काठमाडौं, २२ जेठ । लायन्स क्लब अफ काठमाडौं कालिकाले स्पोन्सर गरेको तीन वटा क्लबहरु लायन्स क्लब अफ काठमाडौं न्यु बिहानी, लायन्स क्लब अफ काठमाडौं मिड बानेश्वर लायन्स क्लब अफ ब्रम्हदिपको पदस्थापन सहित पदाधिकारी चयन सम्पन्न भएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं कालिकाले स्पोन्सर गरेका लायन्स क्लब अफ काठमाडौं न्यु बिहानी, लायन्स क्लब अफ काठमाडौं मिड बानेश्वर, लायन्स क्लब अफ ब्रम्हदिपका तीनै जना अध्यक्षहरु क्रमश अजय श्रेष्ठ, कृष्ण प्रसाद गौतम र बिदुर प्रसाद चौलागाई अध्यक्षमा चुनिएका छन् ।
शनिबार काठमाडौंको नक्सालमा आयोजित एक कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का बर्तमान डिस्ट्रिक गभर्नर लिला ढुंगेलले नयाँ सदस्यहरुलाई सपथ खुवाए ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं कालिकाका बर्तमान अध्यक्ष पी एम जे एफ सेकेन्ड सेन्चुरी एम्बासडर लायन नबिन चौलागाईले स्वागत मन्तब्य राख्दै कार्यक्रम को औचित्य माथि बोलेका थिए।
क्लबका तीनै अध्यक्षहरुले सामाजिक कार्य गर्दै अघि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दै त्यसको लागि सबैको साथ् र सहयोग आवश्यक रहेको बताए ।
अध्यक्ष लगायत सम्पूर्ण सदस्यहलाई बर्तमान गभर्नर लिला कुमार ढुंगेलले चार्टर गर्दै सर्टिफिकेट प्रदान गरेका थिए।
कार्यक्रममा लायन लिडर धनप्रसाद लामिछानेले लायन्स क्लबले आफ्नो सेवा सुरु गरेको १०० वर्ष पुरा गरेको अवसरमा लायन्स प्रवेश गरेकाहरुलाई बधाई एबम शुभकामना दिदै सेवा भावले काम गर्न आग्रह गरे । उनले आफुले जानेका र बुझेका बिषयमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
लायन वर्ष २०१८/१९ का लागि सेकेन्ड भि डीजी मा निर्वाचित लायन टंक बहादुर श्रेष्ठले नया क्लबलाइ जन्म दिएकोमा लायन्स क्लब अफ काठमाडौं कालिकालाइ बधाई दिए । उनले नया क्लबलाई लायन्सको कर्तब्य सम्झेर आफूले जानेका सीप सिकाएर प्रोत्साहन गर्न अनुरोध गरे।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का पुर्व गभर्नर लायन कुमार राज सुबेदीले लायन्स क्लबमा सेवा गर्ने हातहरु, मनहरु लिएर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ लाइ अगाडि बढाउनका लागि योगदान गर्न प्रतिबद्द भएर लाग्न अनुरोध गरे ।
लायन वर्ष २०१८/१९ का लागि डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन अनन्त प्रसाद भेटुवालले समाज सेवाको क्षेत्रमा हिड्न सजिलो नभए पनि लायन्सको यात्रामा सिकेको गुण र प्रक्रियामा नेतृत्वले बिशेष भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै आइ पी एम सी सी लायन सुनिल भक्त श्रेष्ठले लायन्स क्लब अफ कालिकाका अध्यक्ष एबम पी एम जे एफ सेकेन्ड सेन्चुरी एम्बासडर लायन नबिन चौलागाईले लायनिजममा गरेको कार्यको प्रसंशा गर्दै लायन्स क्लबमा आवद्द भएका नया सदस्यहरुलाई स्वागत गगरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जी एम टि एरिया लिडर पि एम सी सी लायन खगेन्द्र सिटौलाले लायन्स क्लब बिश्वकै ठुलो सेवा भावले खुलेको स.स्था भएको बताए ।
उनले अबको ९० दिन भित्र कुनै नया साथिहरुलाई क्लबमा सदस्य बनाउन सकेको खण्डमा चार्टर मेम्बरको रुपमा पत्र पाउन सक्ने बताए । उनले जुन ७ देखि २० तारिख सम्म इन्ट्रान्स गरेको खण्डमा शुल्क नलाग्ने बताए ।