काठमाडौं । सुन तस्करीका मुख्य अभियुक्त चुणामणि उप्रेती गोरे र प्रहरीबीच मोबाइलमा भएको कुराकानी सार्वजनिक भएको छ । गोरे र अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र डिएसपी प्रजित केसीबीच सुन प्रकरणको सेटिङको बारेमा कुराकानी भएको छ ।
कुराकानीको सुरुमा सञ्जेलले भनेका छन्, हाम्रो प्लान क्यान्सिल भयो । मलाई धोकै धोका भयो । तिम्रा साथी मनेहरु चोर हुन् । हरामी रहेछन् । हामी सबैलाई टर्यापमा पार्न खोजेका छन् ।
कुराकानीको बीचमा गोरेले पैसाको टेनसन नलिन आग्रह पनि गरेका छन् । गोरेलाई पछि बचाउने उपाय पनि सञ्जेलले सुनाएका छन् ।
गाडी त्रिशुलीमा हालेर शनम शाक्य लगायतलाई मार्ने प्लान पनि भएको कुराकानीमा सुनिएको छ । मनेले गोरेलाई फसाउनका लागि सड्यन्त्र गर्न लागेको बताइएको छ ।
बालकृष्ण सञ्जेलसँग गोरेको कुराकानी हुँददाहुँदै सञ्जेलले फोन डिएसपी प्रजित केसीलाई दिएका छन् र गोरे केसीबीच पनि कुराकानी भएको छ ।
विस्तृतमा कुराकानी सुन्नुहोस्ः