पशुपति शिक्षा मन्दिरलाई ५० लाखको जग्गा दान

NEWS

कञ्चनपुर, २० जेठ । भारतीय सेनाबाट सेवानिवृत कञ्चनपुरका एक बृद्धले विद्यालयलाई जमिन दान गरेका छन् ।

रघुबिरशरण भट्टले पशुपति शिक्षा प्रसार समिति नेपाल सार्वजनिक शैक्षिक गुठीबाट संचालित बेलौरी नगरपालिका–९ रतनपुरको पशुपति शिक्षा मन्दिर (विद्यालय) लाई जग्गा दान गरेका हुन् ।

स्थानीय भट्टले विद्यालयलाई ६ कट्टा जमिन दान गरेपछि विद्यालय संचालनमा आएको छ । हाल चलनचल्ती अनुसार उक्त जमिनको मूल्य झण्डै ५० लाख भन्दा बढि पर्दछ ।

ग्रामीण भेगका बालबालिकाको शैक्षिक विकासका लागि जमिन दान गरेको भट्टले बताए । ‘उनले भने, ‘मैले उचित शिक्षा नपाउँदा धेरै समस्या भोग्नुपर्यो, अहिलेका बच्चाहरुले त्यो समस्या भोग्न नपरोस् ।’ ग्रामीण भेगका गरिब, विपन्नका छोराछोरीको उज्वल भविष्यका लागि जमिन दान गरेको उनले बताए ।

‘मसंग डेढ विगाह जमिन थियो, ‘सम्पत्ती खाने एउटै छोरो त्यो पनि अमेरिका बस्छ, ‘ति बृद्धले भने, ‘शिक्षा बिना केही पनि हुँदैन्, एउटा असल नैतिकवान कर्तव्यनिष्ठावान व्यक्ति हुनकालागि उसलाई शिक्षा दिनुपर्छ ।’

पशुपति शिक्षा मन्दिरका प्रिन्सिपल सुरेन्द्रराज ओझाले विस २०६५ सालमा विद्यालय स्थापना भएको बताए । उनका अनुसार पशुपति शिक्षा प्रसार समिति नेपाल सार्वजनिक शैक्षिक गुठीबाट संचालित छ । ‘पहिले हामीले एक घर भाडामा लिएर विद्यालय संचालन गरेका थियौँ, ‘उनले भने, ‘हाल विद्यालयलाई जमिन दान दिएकै स्थानमा कच्ची संरचनामा विद्यालय चलाएका छौँ ।’ जमिनदाताले विद्यालयको नाममा जमिन नामसारी गरिदिएको उनले बताए ।

प्रिन्सिपल ओझाले भारतीय दुतावासको सहयोगमा विद्यालयमा भवन निर्माण हुन लागेको समेत बताए । उनका अनुसार चालु आर्थिक बर्ष २०७४÷०७५ देखि विद्यालयको भवन निर्माण कार्य शुरु भएको छ ।

शुक्रबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेश सभाका सदस्य कुलबिर चौधरी र पुर्व व्यवस्थापिका संसद सदस्य दिवान सिह विष्टले भवनको संयुक्त रुपमा शिलान्यस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *