काठमाडौं, १८ जेठ । चलचित्र पण्डित बाजेको लौरीको आइटम गीत सार्वजनिक गरिएको छ ।
चलचित्र पण्डित बाजेको लौरीको चोली तुना बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा मिना निरौला र श्रीकृष्णको स्वर सुन्न सकिन्छ । गीतलाइ बिक्रम स्वारले कोरियोग्राफि गरेका हुन् ।
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राजं) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको ‘पण्डित बाजेको लौरी’ मा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
चलचित्रलाइ दिपक ओलीले निर्देशन गरेका हुन् । चलचित्र श्रावण ४ गते बाट प्रर्दशन हुदैछ ।
गीत हेर्नुहोस्ः