काठमाडौं, १८ जेठ । रोजगारीका लागि ७ बर्षअघि मलेसिया पुगेका एक नेपालीले आत्महत्या गरेका छन् । उनी मलेसिया गएदेखि एक पटक पनि नेपाल फर्किएका थिएनन् ।
कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ८ घर भएका अन्दाजी ४० वर्षका सन्दीप कामीले मलेसियामा झुण्डिएर आत्महत्या गरेका हुन् ।
सन्दीपले सिमोनियामा रहेको एक ब्याटरीको कम्पनीमा काम गर्दै आएका थिए ।
मे ९ तारिखका दिन उनले आत्महत्या गरेको बताइएको छ । विभिन्न कारणले गर्दा उनको शव नेपाल पठाउन ढिलाइ भएको कम्पनीले बताएको छ ।
उनले किन आत्महत्या गरेका हुन् त्यो भने थाहा हुन सकेको छैन । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि जानकारी गराइएको छ ।
यो पनि पढ्नुहोस्ः