म्याच फिक्सिङमा मुद्दा खेपिरहेका फुटबलर आईपीएलको बाजी लगाउँदा पक्राउ

SOCIETY
Spread the love

काठमाडौं, १५ जेठ । फुटवलमा म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं भक्तपुर र ललितपुरबाट अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएको छ । उनीहरूमाथि जुवा एेन र ठगी अन्तरगत मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीले जानकारी दिएको छ ।

फुटवलमा म्याच फिक्सिङको आरोपमा दुई वर्षअघि पक्राउ परेर अहिले पनि मुद्दा खेपिरहेका पूर्व फुटबलर हुन् अञ्जन केसी । उनी विशेष अदालतको फैसलापछि धरौटीमा रिहा भएका थिए ।

संगठित रुपमा सट्टेबाजी (बेटिङ) गराउँदै आएको यो समूहका सदस्य मध्ये अञ्जनले फुटबल सेक्टर हेर्ने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *