सलमानले लेखेको गीतले यातना दिएकै हो त ?(भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं, १४ जेठ । सलमान खानको ‘रेस ३’को ट्रेलर सार्वजनिक भएदेखि नै यो फिल्म ट्रोलको शिकार बनिरहेको छ । खासगरी यसको एउटा हाँस्यास्पद डाइलगलाई लिएर सामाजिकसञ्जालहरुमा गज्जबका ट्रोलरहरु बनाइएको छ ।

यति नै बेला ट्रोलरहरुले अर्को मसला पाएका छन् । फिल्ममा सलमान खान आफैंले लेखेको एउटा गीत सार्वजनिक गरियो । यो गीतका शब्दहरु स्तरहिन रहेको भन्दै आलोचना भइरहेको छ । धेरैले सलमानलाई बेसुरा गीत गाउने ढिन्चक पुजासँग तुलना गरेका छन् ।

‘सेल्फिस’ बोलको यो गीत अतिफ अस्लम र सलमानकी प्रेमीका लुलिया वन्तुरले गाएका हुन् । उनीजस्ता प्रख्यात गायकले कसरी यति स्तरहिन गीत गाउन तयार भए भन्ने प्रश्न सामाजिक सञ्जालमा उठाइएको छ । अर्कोतर्फ लुलियाको स्वरको विषयमा पनि विभिन्न टिप्पणीहरु भइरहेका छन् ।

‘व्वाईफ्रेन्ड पावरमा भएपछि जति झूर स्वर भए पनि गायिका हुन के गाह्रो,’ एक व्यक्तिले लेखेका छन् ।

धेरैले सलमानलाई अभिनयमा नै सिमित हुन सुझाव दिएका छन् । एकजनाले भनेका छन्, ‘बहुप्रतिभाशाली हुने नाममा यस्ता बकबास गीत लेखेर हामीलाई यातना नदेउ भाई ।’

गीत यस्तो छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *