एक करोडको फिल्म बनाउँदै मिनाः लिड रोलमा आफैं खेल्ने

ENTERTAINMENT
Spread the love

काठमाडौं, १४ जेठ । मिना ढकालले नारीप्रधान लभस्टोरी फिल्म बनाउने भएकी छन् । फिल्मको लिडमा उनी आफैं खेल्नेछिन् ।

मिनाले बनाउने फिल्मको नामभने जुर्न बाँकी छ । तर, उनका अनुसार फिल्मको नाम ‘हार्ट अट्याक’ राख्नेभन्ने बारेमा छलफल भइरहेको छ । फिल्ममा एक करोडभन्दा बढि लगानी गरिने मिनाले बताइन् ।

मिनाले आर्यन शर्मासँग मिलेर फिल्म निर्माण गर्न लागेकी हुन् । फिल्मको लेखन तथा निर्देशन आर्यनले गर्नेछन् । कलाकारहरु कोही पनि फाइनल नभएको तर सकभर नयाँ हिरो/हिरोइनलाई राख्ने सोच रहेको मिनाले बताइन् । फिल्मको सुटिङ पूर्वी नेपाल इलाम, दार्जिलिङ लगायतका स्थानमा हुनेछ ।

हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलसँग वैवाहिक सम्वन्ध टुटेपछि मिना ढकाल कलाकारितामा आफूलाई भिजाउन प्रयासरत छिन् । दुईवटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी उनी अब फिल्म निर्माण र अभिनयमा पनि सक्रिय हुन लागेकी हुन् ।

मनोज र मिनाले २२ वर्ष लामो वैवाहिक सम्वन्धलाई अन्त्य गर्दै गत वर्ष डिभोर्स गरेका थिए । उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन् । मीनाले अंशबण्डावापत गजुरेलबाट ६५ लाख रुपैयाँ पाएकी छिन् भने उनकी छोरीले ६० लाख रुपैयाँ पाएकी छिन् । अहिले मिना छोरीसँग र मनोज छोरासँग बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *