पाँचथर, १४ जेठ । एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् ।
फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो ।
पाँचथरकी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा बलबहादुर पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् ।
एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेपछि घटना सार्वजनिक भएको थियो ।
फिदिमस्थित औषधि पसलमा उनका बाबुले गर्भपतन गराउने औषधि मागेपछि पसल सञ्चालकले सोधखोज गरेका थिए ।
यस क्रममा पीडित किशोरीका बाबुले छोरीलाई ठटालले बलात्कार गरेको र उनैले गर्भपतन गराउन पठाएको बताएपछि उक्त विषय सार्वजनिक भएको थियो ।