सामाजिक सञ्जालमा तहल्का मच्चाउने यी देवी को हुन् ?

SOCIETY
Spread the love

काठमाडौं, १२ जेठ । भागवत गीतामा श्रीकृष्णले भनेका छन्, ‘म सृजनाको सुरु, मध्य र अन्त्य हुँ ।’ यो उनले पढेकीमात्र होइन निलेकी छन् । भागवत गीताका सबै अध्यायको सूक्ष्म ग्यान राख्ने उनलाई देवीको उपमा पनि दिइएको छ । जसको भौतिक सुन्दरताको चर्चा अहिले सामाजिक सञ्जालभरी फैलिएका छन्, रिट्वीट भएका छन् ।

देवी चित्रलेखा जी २१ वर्षकी भइन् । उनको आवरण मात्र होइन हृदयलाई पनि त्यति नै सुन्दरतामा व्याख्या गरिएको छ । एक अर्थमा आजभोली उनी हिन्दू धर्मकी आकर्षण र ग्ल्यामर बनेकी छन् ।

भारतको हरियाणा राज्यको पलवार जिल्लास्थित खाम्बी गाउँकी चित्रलेखा सांस्कृतिक र धार्मिक रूपमा सानैदेखि नै तिक्ष्ण रहेको बताइन्छ ।

 

बंगाली धार्मिक गुरु गृहधरी बाबाले उनलाई ४ वर्षको रहँदा दिक्षा दिएका थिए । उनका परिवारका अभिभावक र पुस्ता नै धार्मिक वातावरणमा हुर्किएका कारण त्यो गुण उनले पनि अपनाइन् ।

चित्रलेखा भागवत गिताका हरेक श्लोकलाई हार्मुनियम बजाएर गीत गाउन सक्छिन् । उनी यसलाई भगवानको आशिर्वाद पनि ठान्छिन् ।

उनलाई भारतका विभिन्न ठाउँमा भगवानका रूपमा पनि बुझ्ने गरिएको छ । बिहार, हरियाणा, दिल्ली, उत्तराखण्ड, मध्य प्रदेश, राजस्थान, नागाल्यान्ड, पञ्जाव र गुजरातमा उनको पुजा नै गरिन्छ ।

सानै उमेरमा उनले ब्रिटेन, अफ्रिका, अमेरिकालगायतका देशमा पनि आफ्नो ज्ञान बाँडीसकेकी छन् । -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *