जेलभित्रै गोरेलाई ज्यानको डरः बयानमा लिए अन्य व्यक्तिको नाम

समाचार
6 Shares

विराटनगर, ९ जेठ । साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको बताएका छन् । हिरासतमै आफ्नो ज्यानको खतरा रहेको भन्दै जिल्ला अदालत मोरङमा गोरले निवेदन दिएका छन् ।

प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारीवादी संस्थाको रोहबरमा हिरासतमा बस्ने व्यवस्था मिलाउनका लागि आदेश जारी गर्न गोरेले बुधवार अदालतमा निवेदन दिएका हुन् ।

अधिवक्ता यमबहादुर थापा मगरले गोरेको तर्फबाट अदालतमा निवेदन दिँदै हिरासतमा ज्यानमाथि नै खतरा भएकाले मानवअधिकारवादीको रोहबरमा हिरासतमा रहने व्यवस्था मिलाइदिन उनले माग गरेका छन् । सुन तस्तरी प्रकरणको छानविनका लागि पक्राउ परी प्रहरी हिरासतमै एकजनाको मृत्यु भइसकेकाले आफ्नो ज्यान पनि खतरामा रहेको गोरेको भनाइ छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल संयोजकत्वको टोलीले पक्राउ गरेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी परिसर सिंहदवारको हिरासतमा शंकास्पद मृत्यु भएको थियो ।

बयान

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेको बुधवारबाट जिल्ला अदालत मोरङमा बयान शुरु भएको छ । बुधवार अदालती समय सकिए पनि गोरेको बयान भने सकिएको छैन ।
सुन तस्करी र सनम शाक्यको हत्यासँग जोडिएका सबै घटनाक्रमको सिलसिलेवार बयान भइरहेकाले बयानका लागि अझै केही दिन लाग्ने जिल्ला अदालत मोरङले जनकारी दिएको छ ।

अदालत स्रोतका अनुसार गोरेले बयान दिने क्रममा सुन तस्करी प्रकरणमा अन्यको समेत संलग्नता रहेको भन्दै केही उच्च व्यक्तिको नाम समेत लिएका छन् । तर अदालत स्रोतले ती व्यक्तिको नाम बताएको छैन ।

यो पनि पढ्नुहोस्ः

‘मेरो गल्ती भए मलाई झुन्ड्याएर मारे हुन्छ’: गोरे

आफन्तकै सहयोगमा भारतमा पक्राउ परेका थिए ‘गोरे’

Leave a Reply

Your email address will not be published. Required fields are marked *