एक घण्टाभित्रै फुलचार्ज हुने चार्जर र मोवाइल

सूचना प्रविधि
9 Shares

एजेन्सी, ५ जेठ । हरेक मोवाइल कम्पनीहरुले आफ्नो नयाँ सेटहरु लन्च गर्दा केही नयाँ विशेषता थपेर लन्च गर्ने गर्छन् । यसले प्रविधिको उच्चतम विकास हुँदै गएको छ । एप्पलले पनि यो बर्ष सार्वजनिक गर्ने आइफोनको लागि आफ्नो तयारी तिव्र पारिरहेको छ ।

एप्पलले अब सार्वजनिक गर्न लागेको मोवाइलमा नयाँ विशेषता थपिने भएको छ । उक्त आइफोनसँगै एप्पलले नयाँ प्रकारको चार्जर समेत ल्याउने भएको छ । उक्त चार्जरले आइफोनलाई निकै छिटो चार्ज गर्ने बताइएको छ । साथै यो चार्जरले म्याकबुक पनि चार्ज मिल्नेछ ।

उक्त चार्जरले ब्याट्री छिटो चार्ज त गर्छ नै, चार्जिङ केवलले तिव्र गतिमा डाटा ट्रान्सफर समेत गर्नेछ ।

चार्जर ल्याब नामक वेबसाइटको रिपोर्ट अनुसार आगामी आइफोनसँगै १८–वाट युएसबी टाइप सी लाइटनिङ फास्ट चार्जर उपलब्ध हुनेछ ।

रिपोर्ट अनुसार १८ वाट फास्ट चार्जिङ एडाप्टरबाट हालको चार्जरको तुलनामा दोब्बर छिटो आइफोन चार्ज हुनेछ । हालको चार्जरको अडप्टर ५ वाटको हुने गरेको छ ।

आइफोन एट, एट प्लस तथा आइफोन एक्सले फुल चार्ज हुनका लागि ९० देखि १२० मिनेटसम्मको समय लिने गरेका छन् ।

यो नयाँ चार्जरको प्रयोगले एक घण्टाभित्रमै आइफोन फुल चार्ज हुने बताइएको छ । साथै उक्त चार्जरको केवललाई आइफोन र म्याकबुकको बीचमा जोडेर तिव्र गतिमा डाटा ट्रान्सफर गर्न पनि प्रयोग गर्न सकिनेछ ।

यद्यपि एप्पलको आइफोन एक्स, आइफोन एट तथा एट प्लसमा फास्ट चार्जिंग फिचर रहेको छ । तर एप्पलको विद्यमान चार्जर नै आइफोनलाई छिटो चार्ज गर्नसक्ने क्षमताको छैन । सोही कारण एप्पलले यो वर्ष आगामी आइफोनसँगै तिव्र गतिको चार्जर पनि ल्याउनेछ ।

एप्पलले यो सन् २०१८ मा तीन वटा आइफोन सार्वजनिक गर्नेछ । जसमध्ये एउटा ६.१ इन्च स्क्रिन तथा थ्री डी टच फिचर समेत भएको हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *