एकताको प्रशंगमा ओलीले यसो भनेपछि सभागृहमा तालीको गडगडाहट

NEWS

काठमाडौं, ३ जेठ । एमाले माओवादी केन्द्रबीच एकीकरण घोषणा गर्न राष्ट्रियसभागृहमा आयोजित सभालाई केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा निकै ताली बज्यो । आफ्ना भनाइहरु उनले बेला बेलामा ठट्यौली पारामा भनेका थिए ।

सम्बोधनको क्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी ‘जेट प्लेन’ जस्तो भएको बताए । उनले जेट प्लेन चलाउन दुई जना पाइलट चाहिने पनि बताए ।

‘कतिलाई किन दुई जना अध्यक्ष चाहियो भन्ने लाग्ला । टेप्पो चलाएको होर ? जेट प्लेनमा दुई जना पाइलट नै हुन्छन्’ ओलीले पार्टी एकता घोषणासभामा भने । उनले यो भन्दा हलभरी रहेका नेता तथा कार्यकर्ताले निकैबेरसम्म ताली बजाएका थिए ।

उनले आवश्यकताले दुई अध्यक्षको व्यवस्था गरिएको बताउँदै भने, ‘हामीले महाअभियान चलाएका छौ । त्यसका लागि हामीले सल्लाह र विचार विमर्श गरीकन अगाडि बढाउने अठोट र संकल्प गरेका छौं ।’ उनले पुष्पलालले ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेकै कारण आफूहरु यहाँसम्म आइपुगेको बताए ।

‘पुष्पलालजीले त्यतिबेला कम्युनिष्ट पार्टीको स्थापना नगरेको भए आज एकीकरणको चर्चा गर्ने सायद ठाउँ पनि हुँदैन थियो’, ओलीले भने, ‘ पुष्पलाल अहिले भइराखेको भएको भए उहाँ खुसीले नाच्नु हुन्थ्यो ।’

उनले दुई तिहाई सामान्य जोडघटाउको मात्रै भएको भन्दै अर्को चुनावमा तीन चौथाई जित हासिल गरिने पनि दाबी गरे ।

प्रचण्डले के भने ?

यसअघि सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ सुगको सुरुवात भएको बताए । प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएकोले अब पछाडी फर्कनु नपर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *