काठमाडौं, २ जेठ । पेट्रोल, डिजेल र मट्टितेलमा फेरि मूल्यवृद्धि भएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँले मूल्य बढाएको छ ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।
बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिए ।
यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने छ । यसअघि निगमले वैशाख १९ गते बुधबार इन्धनको मूल्य वृद्धि गरेको थियो ।