मुक्तिनाथमा मोदीको फ्ल्यासब्याक !

NEWS

मुक्तिनाथ – दुई दिने नेपाल भ्रमणमा शुक्रबार नेपाल आएका हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । पहिलो दिनको भ्रमण जनकपुरको राम जानकी मन्दिरबाट सुरु गरेका मोदीले दोस्रो दिनको सुरुवात पनि मुक्तिनान मन्दिरबाट नै गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब एक घण्टा मुक्तिनाथमा बिताए । मोदीले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गरे ।

उनलाई मुक्तिनाथमा अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षम अजराज सुमार्गीले मोदीलाई सालिग्राम उपहार दिए । त्यसपछि मोदीले स्थानीय बासीसँग भेट वार्ता गरे । युवा अवस्थामा पनि मोदीले मुक्तिनाथमा विताएका थिए ।

स्वागत

मोदीलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी र प्रदेश चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरे । मुक्तिनाथमा उनले करिब एक घण्टा बिताए ।

पहिलो भारतीय प्रधानमन्त्री

प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए । पूजा अर्चनापछि मोदीले १०८ धारामा जल शेचन गरेका थिए ।

मोदी बोलेनन्

एकघण्टाको बसाइमा उनले मुक्तिनाथको पूजाअर्चना गरे तर उनले त्यहाँ कुनै कुरा बोलेनन्, मात्र अवलोकन र पूजा अर्चना गरे । मुक्तिनाथलाई उनले निकै नजिकबाट नियाले, तर केही बोलेनन् । उनलाई विभिन्न धार्मिक संस्थाले मोदीलाई सम्मान गरे । उनले त्यहाँ सामूहिक तस्बिर मात्र खिचाए । मोदीको धार्मिक भ्रमणले मुक्तिनाथको झनै महत्व बढ्ने स्पष्ट देखिन्छ ।


फ्ल्यासब्याक

मोदी प्रधानमन्त्रीका रूप पहिलोपटक नेपाल आउँदा आफैँले संसद्‍मा नेपालीमा भाषण गर्दै भनेका थिए, ‘धेरै धेरै वर्षअघि एक पथिक यात्री र तीर्थालुको रूपमा म मुक्तिनाथ पुगेको थिएँ ।’ मोदी राजनीतिमा लाग्नुभन्दा धेरै पहिले मुक्तिनाथमा पुगरे साधना गरेका हुन् । भारतीय सञ्चार माध्यम तथा विभिन्न धार्मिक किताबमा यसबारे उल्लेख भएको पाइन्छ।

प्रफुल्लीत मोदी

मोदीले केहीबेर मुस्ताङको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए । दृश्यावलोकनको बेला मोदी निकै आनन्दको मुद्रामा देखिएका थिए । उनले आनन्दको महसुस गरिरहेका देखिन्थे । मुस्ताङको सुन्दरतामा मोदी रमाएका थिए । उनी एकछिन केहीसँग नबोली त्यहाँको प्राकृतिक छटाको दृश्यावलोकन गरिरहेका थिए । त्यस क्षण उनी निकै प्रफुल्लीत मुद्रामा देखिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *