प्रधानमन्त्री ओलीले मोदीसामु उठाए यी मुद्दा

NEWS

काठमाडौं – नेपालको दुईदिने राजकीय भ्रमणमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार साँझ भेटवार्ता भयो ।

शुक्रबार साँझ द्वारिकाज होटजमा भएको वान टु वान र द्वीपक्षीय वार्ता मा प्रधानमन्त्री ओलीले मोदीसँग नेपालमा रहेका ५०० र एक हजार दरका नोट सहटीको मुद्दा उठाए ।

भेटपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बैंकमा रहेका तथा सर्वसाधारणसँग रहेका भरतीय रुपैयाँ छिट्टो सटही गर्ने व्यवस्था मिलाउन मोदीलाई आग्रह गरे ।

नेपालले ‘पावर ट्रेड एग्रिमेन्ट’ (पीटीए)को पूर्ण कार्यान्वयन होस् भन्ने चाहेको भन्दै प्रधानमन्त्री ओलीले ऊर्जासम्वन्धी नीति पुनरावलोकन गर्ने भारतीय प्रयासको प्रशंसा गरे ।

बर्सेनी नेपालको ठूलो भूभाग डुबानमा पर्ने गरेको भन्दै उनले दुवै देशले संयुक्त टिम पठाउने र यो समस्या समाधानका लागि गृहकार्य गर्ने समेत बताएका छन् ।

साथै नेपालको बढ्दो ब्यापार घाटा आफूहरुको लागि गम्भीर चासो भएको र वाणिज्य सचिवहरुको बैठकको निष्कर्षलाई नोट गरेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले चार नयाँ एयर रुटका लागि नेपालले गरेको आग्रहमा भारतबाट छिट्टै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको बताए ।

नेपाल र भारत स्वतन्त्र तर, एकअर्कामा निर्भर देश भएको भन्दै ओलीले आपसी विश्वास र समानतामा आधारित सम्बन्धमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *