के हो किर्ति आजादको ट्वीट काण्ड ?

NEWS
Spread the love

काठमाडौं – भारतीय जनता पार्टी (भाजपा)का सांसदले गरेको एउटा ट्वीटले नेपालमा हंगामा मच्चिएको छ ।

सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले ट्वीटमार्फत मिथिलाको भाग फिर्ता माग्न आग्रह गरेका छन् । शुक्रबार मिथिलाको राजधानी जनकपुुर आइपुगेका मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई ट्वीटमार्फत आजादले सो माग गरेका हुन् ।

२ सयवर्षअघि नेपाल र अंग्रेजबीच भएको सन्धी अनुसार मिथिला राज्य नेपाललाई दिइएको उल्लेख गर्दै आजादले अब सो सन्धीको अवधि सकिएको बताउँदै मिथिलाको भूभाग नेपालबाट फिर्ता माग्न सुझाएका हुन् । उनले नेपालबाट सो क्षेत्र फिर्ता लिएर मिथिला राज्य गठन गर्न पनि सुझाव दिएका छन् ।

इतिहास

नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच सन् १८१४ देखि युद्ध सुरु भएको थियो । युद्धका क्रममा नेपालका गोर्खा सैनिकले युद्ध जित्दै पश्चिमको कांगडासम्म पुगेका थिए ।

तर सन् २०१५ को अन्त्यतिर नेपालले फेरि युद्ध हार्न थाल्यो र नेपालका तराईका केही भूभाग गुमाउन पुग्यो ।

प्रतिक्रिया

दिमाग खुस्केको आरोप

जसको दिमाग खुस्केको हुन्छ, त्यसले मात्र यस्ता कुरा लेख्छ–बोल्छ । सद्दे मानिसले यस्तो कुरा लेख्दैन–भन्दैन । जसले नेपालको इतिहास पढेको बुझेको छ्रैन, त्यसले यस्तो कुरा गर्छन । नेपाल भारत भन्दा धेरै पुरानो देश हो । यसको बारेमा थाह छैन भने पढे हुन्छ । हैन भने यस्ता कुुरा गर्नु हुँदैन । नेपाल भारतबीचको सम्बन्धमा भाँझो हाल्न चाहनेले हो यस्तो लेख्ने । – योगेश भट्टराई, एमाले सांसद

भारतीय प्रम मोदीको नेपाल भ्रमणको समयमानै एक भारतीय सांसद किर्ती आजादले सामाजिक सञ्जालमार्फत नेपालको सार्वधभौमिकता र अखण्डतामा आँच पुग्ने गरी व्यक्त गरेका विचारको घोर भत्सर्ना गर्दछु । -कमल थापा, राप्रपा अध्यक्ष

आजादले पहिले पनि समय समयमा विवादित अभिव्यक्ति दिँदै आएका छन् । सन् २०१५ मा उनले नेपालको १५ जिल्ला भारतको हो भनि भनेका थिए । त्यस समयमा पनि उनी विरुद्ध कडा आलोचना भएको थियो । यस्तै विवादित र गैरजिम्मेवार गतिविधि गर्न थालेपछि उनलाई भाजपाले कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *