‘हट’ सबनमसँग कसले माग्यो माफी ? (भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं – अहिलेकी हट मोडल सबनम चौधरीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सबनमको अभिनय रहेको ‘माफ गरिदेउ..’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा सबनमका साथै सुमन शर्माको मुख्य अभिनय रहेको छ ।

भिडियोमा सबनम आफ्नो प्रेमीलाई भेट्न आउँछिन् । प्रेमीसँग रमाइरहेकी उनी एकाएक रिसाएर हिँड्छिन् । यसै विषयमा भिडियो निर्माण भएको छ ।

जुनिद पराजुलीको स्वरमा रहेको गीतमा संगीत र शब्द पनि पराजुलीको नै छ ।

रोहित परियार र जुनिद पराजुलीको कम्पोज रहेको गीतमा मन्दिप माझीले गितार बजाएका छन् । अच्युत लुइँटेलको कन्सेप्टमा भिडियो निर्माण भएको गायक पराजुलीले बताए ।

मोडलिङ क्षेत्रमा भविष्य बनाउने योजनाका साथ आफूले यस क्षेत्रमा निरन्तर मिहिनेत गरिरहेको सबनमले पोस्टमान्डुलाई बताइन् । आफूले अभिनय गरेका अन्य गीतहरु पनि चाँडै सार्वजनिक हुने उनले जानकारी दिएकी छन् ।

गीत हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *