– संतोष आचार्य
कहाली लाग्दो त्यो समय ! एकातिर भारतको बोर्डर मा ग्यास, लत्ता, तरकारी, रासन बोकेको हजारौ गाडी लाईन लागेर नेपाल छिर्न बसेका थिए अर्को तिर ति गाडी नेपाल नछिरून भनेर यता बास, ह्युमपाईप, लाठी, रोडा, ढुंगा , खाली गाडी तेर्साएर बाटो बन्द गरिएको थियो । भारतीय बोर्डरले आफ्नो रिस्कमा गाडी छिराउ भनेर छोडीदिदा यता छिरेको गाडीलाई बाटैमा रोकेर तोड फोड गरेर आगो लगाउने पनि हामी नै थियौ । त्यही डर ले उताबाट सवारी यता छिर्न मानिरहेको थिएनन् । किनभने ज्यान रहे सवारी रहे व्यापार फेरी पनि गर्न सकिन्थ्यो । भलै ल्याएको सामान गाडी मै कुहुन तरपनि नेपालको भूमीमा भन्दा भारतको भूमीमा आफ्नो गाडी सुरक्षित थियो ।
त्यही बेलामा यहा बाट भाषण गरिन्छ । “भारतले नेपालमा नाकाबन्दी लगायो । भारतीय विस्तारवाद- मुर्दावाद मोदी जी – मुर्दावाद ! नाकाबन्दी फिर्ता लि !” न भारत नेपालको कुनै प्रान्त न मोदी नेपालको प्रधानमन्त्री ! नेपालमा छिरेको गाडीलाई सहि सलामत काठमाडौं वा अन्यत्र पठाउन नसक्ने सरकार – मुर्दावाद ! अत्यावस्यक सामान बोकेको गाडीलाई आफ्नै देशको जनता बाट बचाउन नसक्ने सरकार – मुर्दावाद भनेर यहा कसैले भनेन । सबैले लगाम लाएको घोडा झैँ गरेर भारतलाई गाली गरिरहे । अनि आफ्नो लाचारी जनताको सामु नछरियोस भनेर नेपालको प्रधानमन्त्री चुपचाप रमिता हेरिरहे ।
देश आक्रान्त थियो । प्रधानमन्त्री कार्यालयको अगाडी प्लास्टिकको बोतलमा १०० को पेट्रोल ७०० मा बेचिईरहेको थियो । तर सरकार मौन थियो । पुर्व बाट आउने हरेक गाडीको शिसा फुटिरहेको थियो तर सरकार मौन थियो । हामी बाटै कयौ गाडी जलिरहेको थिए, तोडीइरहेका थिए तरपनि यो देशको सरकार मौन थियो । त्यस्तो विषम परिस्थितीमा पनि यहा गाडी गुडिरहेको थियो जुनै तरिकाले भएपनि उताबाट खाद्यान्न भित्रिरहेकै थियो लुकाईएर पेट्रोल यहा कालाबजारिया हरूले भित्राई रहेकै थिए । तर पनि यहा सरकार मौन थियो । यतिका दिन पेट्रोल न आउदा पनि जनताको गाडी दौडिरहेको छ भने त्यतिका पेट्रोल कहा बाट आयो त्यसको हिसाब यहा कसैले खोजेन । सबैजना भारत तिरै फर्किरहेको थिए । तर यता सबै काम धन्दा भित्र भित्रै लुकईएर चलिरहेको थियो पछाडी कालाबजारी भईरहेको थियो सायद हाम्रै सरकारको सम्रक्षणमा अनि अन्धकारपूर्ण भ्रष्ट राष्ट्रवादको आडमा ।
जताततै कालोबजारी व्याप्त थियो । तरपनि हाम्रो सरकार मौन थियो । हामी ओलीको मुख हैन मोदीको नै मुख ताकिरहेको थियौ ! किनभने त्योबेलामा पनि हामीलाई यताको सरकार भन्दा नि उतैको सरकारमा बढी बिस्वास थियो ! हामी कसैले नेपाल सरकार का मतियार- मुर्दावाद । असक्षम प्रधानमन्त्री – राजिनामा दे भनेर आवाजै उठाएनौ । हो त्यो बेलामा बोर्डर बाट राजस्व काटिएर सामान छिरेको थिएन अर्थतन्त्र धरासायी भएको थियो तरपनि यहा बजारमा सामानको अभाब थिएन ! अभाब थियो त केवल हामीमा वास्तविक राष्ट्रभक्तीको । मौका यहि हो भनेर हामीले हाम्रै दाजुभाईलाई समेत लुट्न छाडेनौ । राष्ट्रवादको कमी कहिँ थियो भने त्यो बेला हामी भित्र थियो । अराजक कोही थियो भने त्यो हामी आफै थियौ । भ्रष्ट कोही थियो भने त्यो पनि हामी नै थियौ । भारत त अर्को देश हो । तर हामीले मोदीमाथी ओली भन्दा धेरै आस लाएर बसेको थियौ । समस्या यहि नै थियो । मोदी जी भारतको राष्ट्र र राष्ट्रियतामा प्रष्ट थिए । नेपाल मा आफ्नो सामान नछिर्दा वा नेपाल बाट भारतमा सामान नछिर्दा नि त्यो देशमा समस्या केही भएन । राजनीतिक रूपमा कठिनाई भएपनि त्यसलाई उनले वहा ह्यान्डल गरेकै थिए । हाम्रो देश अस्तव्यस्त थियो यहाको जनता सग त्यो बेला केही थिएन भने त्यो हो नेपाल सरकारको साथ । प्रधानमन्त्री को साथ ।
ओली मौन थिए । किनभने उनि मधेशी सग चुकेको थिए । मधेस जनता समक्ष उनि जानसक्ने अवस्था थिएन । तरपनि केही शक्ती लागिपरेका थिए यहा ओलीलाई हिरो बनाउन । समस्या यहि नै हो । नाकाबन्दी भारतले हैन भारत विरुद्द हामीले लाएको थियौ । किनभने उताको बोर्डरमा सामान बोकेका गाडी सुरक्षित थिए तर यता सामान बोकेका गाडी तोडिएका थिए, जलाईएका थिए । हाम्रो नाकाबन्दीले हामीलाई नै समस्या उत्पन्न गराएको थियो । तरपनि हामी मौन थियौ । किनभने हाम्रो सरकार मौन थियो ।
समस्या नेपाल भारतको थिएन । समस्या थियो त नेपाल सरकार र मधेसी अधिकारको । तर यो कुरा त्यो बेलामा व्यक्त नै भएन । किनभने हामी सबैमा त्यो बेला ओठे राष्ट्रवाद फुटेको थियो । हामी अन्धो थियौ । १०० को पेट्रोल ७०० मा बेच्ने पनि हामी नै थियौ अनि चुपचाप त्यसलाई किन्ने पनि हामी नै थियौ । किनभने हामी त्योबेला सदा झैँ भ्रष्टाचार, दुराचारको पक्षमा थियौ । भारतलाई गाली गर्ने हाम्रा ओठ हरू कहिल्यै थाकेनन । आफ्नै देशको जनतालाई लुट्ने हातहरू पनि कहिल्यै थाकेनन । केही तत्वद्वारा नाकाबन्दी लम्ब्याई नै रहियो ।यसको आडमा यहा भित्र कालाबजारी फस्टाई नै रहयो । अनि सबैलाई पुर्व दक्षिण फर्काएर उत्तर पश्चिममा अराजक गतिविधीलाई प्रोत्साहन गरिरहियो ।
समस्या यहि थियो । मोदी भारतका हुन् । छिमेकीको नाताले उनले हामीलाई कठै बिचरा भन्न सक्छन तर यहा आएर भात पकाएर कोच्याउन उनले सक्दैनन् । हो यहाको वातावरण शान्त थियो र पनि उताबाट सामान नछिरेको थियो भने मोदी दोषी हुन् । किनभने उनले उताबाट सामान पठाएनन् । उनको सरकारले सामान रोक्यो । अनि नाकाबन्दी भयो भन्न सुहाउछ तर यहा त अवस्था उल्टो थियो । उताबाट छिरेको गाडी समेत यता जलाईएको थियो, अनेकौ गाडी तोडिएको थियो । त्यसैले सुरक्षाको लागि उताबाट पनि आफ्नो बोर्डरमा पहरा दिईएको थियो । यहा समस्या कहिँ थियो त भने केवल हामी भित्र नै थियो । तर यस विषयमा यहा कुरै उठेन ।
किनभने हामी भित्र त्योबेला राष्ट्रवाद यस्तरी फुटेको थियो कि मानौ वर्षातको खहरेले पहरा छेडेर फुटे झैँ । हामी भित्रको कथित बौद्दिक व्यक्तीलाई त्यो बेला फाईदै भएको थियो किनभने हामीले त्यो बेलामा अहिले सम्म नकमाएको लाखौ रुपैया पैशा कमाएको थियौ । हाम्रो पत्रिका त्योबेला बिकेको थियो । सधै एभिपी न्युज र आजतक सुन्ने जनताले त्योबेला हाम्रो रेडियो टिभी पनि सुनेका थिए । हामी भित्र राष्ट्रवाद ले पुरै जरो गाडेको थियो । तर त्यो राष्ट्रवाद ले समेत हामीलाई परिवर्तन गर्न सकेन । किनभने हामीलाई त्यो राष्ट्रवादको नाराले फाईदा दिएको थियो । हामीले १० वर्ष सम्म नकमाएको सम्पती त्योबेलामा १ महिनामा नै कमाउन सफल भएका थियौ ।
एकातिर मधेश को बोर्डर हामीले नै बन्द गरेर बसेको थियौ । अर्को तिर सुदुर पश्चिम पट्टि पनि आन्दोलन चर्किरहेकै थियो । माहोल पुरै तनाबग्रस्त भयो । पूर्वको बोर्डर मात्रै हैन सबै तिरको बोर्डर बाट सवारी छिर्न डराई रहेकै थिए । किनभने यो देशको सरकार लाचार थियो ।कहाबाट के गर्ने सरकारी नेतृत्वको दिमाग सबैतिर बाट ब्लक भएको थियो । सुरक्षा भन्ने शब्द यहा छदै थिएन । त्यसैले पनि कालोबजारी जताबाट सम्भब थियो त्यतै को बोर्डर बाट भईरहेकै थियो ।
सरकार मौन थियो । सर्वसाधारण जलिरहेकै थिए । गाडी फुटिरहेकै थिए । अनि हामी १०० को पेट्रोल ७०० मा खुशी साथ, गर्व साथ, युद्द जिते झैँ गरेर किनिरहेकै थियौ । जय राष्ट्रवाद ! जय देश ।
नेपाल का नेता र राज्नितिक पार्टी हरु नेपाली हरुका घोर शत्रु हुन । नेपालको राजनिती नेपालिहरु को जुन सुकै पनि पिढिको घोर शत्रु हो । चाहे जो पार्टी भए पनि त्याहा अनेकत्वभाव र सामन्ती शोसक मानिस हरुको नेतृत्व रहेको हुँदा ति सबै बिदेशी खास गरेर र पश्चिम का गुलाम छन । चाहे त्यो काङ्रेस होस या एमाले या माओबादी या राजाबादी सबै दुराचारिको गड हो । यि सबै ले हिन्दू समाजलाई फोड्ने, बिदेशिको (समुद्रपारिको) बलियो राजनितिक स्कन्धावर नेपालमा खडा गरेन भन्दाअ बाहेक केहि काम गरेनन । भारत एक महान देश हो, उ आफु पनि युद्ध मै छ्, उसलाई आज १४०० बर्स भाई सक्यो अक्रान्ता हरु सित लड्न्, हजारौ अक्रमण ले बिक्ष्यत बनेको गरीब अर्थतन्त्र भएपनी उसले नेपाली हरु लाई आफ्नो मानेर खुला सिमाना कायम गर्यो जसकारण नेपाली हरु पनि अस्तित्व मा आउन सके र र बाच्न सके । यदी भारत ले खुला सिमाना कायम न गर्दो हो भने नेपाल मध्ययुगिन अध्यारो मा रोग भोक र शोक ले समाप्त भाई सक्थो, यदी खुला सिमाना न भैदिदो हो भने नेपाल ५० बर्स अगाडी नै १०० टुका भाई सक्थ्यो । खुला सिमाना भएका कारण जनाताअ ले नेपाली समराज्यको औचित्यहिनता लाई महशुस गर्न सकेनन र देश टिकी रह्यो । तर नेपाली समराज्यका नायिके हरु भारत लाई गाली गरेर हिन्दू हरु का दुशमन हरु लाई खुशी पारी रह्यो ।
यदी दक्षिणमा भारतिय भन्दा अरु कोही पनि त्यती शक्तिशाली राज्य हुदो हो भने नेपाली जाती जङलमा कबिला बनेको हुन्थो, नेपालको तरायी त के पहाड पनि नेपाली सङ हुने थिएन । अर्का तर्फ “कुनै पनि राज्य को शासक त्यो राज्यका जनाता को घोर शत्रु हो यदी त्यो राज्यका शासक ले आफ्ना आउने पिढिका लागी चारै तिर दुश्मन को फौज खडा गरेर जान्छ्, त्यो पनि बलियो” त्यसैले राजनितिक दृस्ठी ले पनि नेपालका सम्पुर्ण नेता हरु नेपालिका घोर शत्रु हुन ” त्यसैले मोदी नेपाल आउँदा हामी सबैले स्वागत गरौ ।