विवाहपछि सोनमले दिनेछिन् श्रीमानलाई यस्तो उपहार

ENTERTAINMENT
Spread the love

एजेन्सी – सोनमको विवाह बलिउडका लागि टक अफ द टाउन रह्यो । उनलाई बलिउडमा फेसन डिभाको रुपमा लिइन्छ त्यसैले उनको विवाहको आउटफिटमा मानिसहरुको विशेष रुची रह्यो ।

विवाहमा के लगाउने भन्ने बारे सोनमले निकै समयअघि प्लानिङ गरिरहेको पनि बताइएको छ ।

विवाहको आउटफिटमा मात्र नभई सोनमले आफ्ना श्रीमानलाई दिने उपहारबारे पनि निकै वर्ष अघिदेखि प्लान गरिरहेकी थिइन् । वास्तवमा, १६ वर्ष अघिदेखि । उनले यसबारे एक अन्तर्वार्तामा जानकारी दिएकी छिन् ।

एक कार्यक्रमका बेला ३२ वर्षीया सोनमले आफू १६ वर्षको हुँदा एउटा कविता लेखेको जसलाई आफूले अहिलेसम्म पनि सम्हालेर राखेको जानकारी दिइन् । उनले अन्तर्वार्तामा भनेकी थिइन्, ‘हुन त मैले थुप्रै कविता लेखेकी छु तर एउटा यस्तो कविता छ जसलाई मैले १६ वर्ष हुँदा लेखेकी थिएँ ।’

‘त्यतिबेला मैले आफैंलाई बचन दिएकी थिएँ कि जब म विवाह गर्नेछु त्यो दिन मेरो जीवनसाथीलाई यो कविता दिनेछु । म उनलाई भन्ने छु कि मलाई यस्तो जीवन चाहिन्छ र आशा छ कि हामी दुबै यसलाई मूर्त रुप दिनका लागि काम गर्नेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *