यीनी हुन् रणवीरकी हिरोइन (६ तस्विरमा हेर्नुहोस्)

ENTERTAINMENT

काठमाडौं – चलचित्रमा काम नगर्ने बताउँदै आएकी सुभेच्छा खड्का अब छिट्टै चलचित्रको पर्दामा देखिने भएकी छिन् ।

मिस नेपालमा भाग लिँदासम्म शुभेच्छालाई मोडलिङ तथा चलचित्रमा आउने रहर थिएन ।

टिभी शो, एमसी, विज्ञापन तथा केही म्युजिक भिडियोमा अभिनय गरेकी शुभेच्छा खड्का अब भने नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।

उनले अभिनय गरिरहेको चलचित्र ‘रणवीर’ शिक्षित युवाहरूको संघर्षमा आधारित छ ।

किन आइन् चलचित्रमा ?

धेरै वर्षदेखि चलचित्रमा काम गर्ने रहर नभएको भनेर पन्छँदै आएकी शुभेच्छा रणवीरको स्क्रिप्ट पढेपछि नाइँ भन्न नसकेको कुरा बताउँछिन् ।

विभिन्न ब्रान्डको एम्बेसडरका रूपमा कार्यरत शुभेच्छा रणवीरको प्रतिक्रिया हेरेपछि मात्र अन्य चलचित्रमा काम गर्ने–नगर्ने कुरा निर्धारण हुने जानकारी दिन्छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *