काठमाडौं – कांग्रेस नेता डा रामशरण महत र डा प्रकाशशरण महत सहोदर दाजुभाइ हुन् । यी दुवै अहिले कांग्रेस कन्द्रीय सदस्य छन् ।
नुवाकोटबाट राजनीति गरेका यी दुई दाजुभाइ पार्टीभित्र एउटै गुटमा छैनन् । दाई महत रामचन्द्र र भाइ महत संस्थापन समूहमा छन् ।
पछिल्ला चुनावमा एकले अर्कोलाई असहयोग नगरेको भन्दै बोलचाल नै बन्द गरेका यी दुईबीच अहिले पार्टीमा आ-आफ्नो समूहबाट को पदाघिकारी बन्ने प्रतिस्पर्धा छ ।
भाइ महत सहमहामन्त्रीमा मनोनीत भएका छन् । डा. रामशरण महामन्त्रीका दाबेदार थिए ।
गजुरेल दाजुभाइको चिसिँदो सम्बन्ध
सिन्धुलीबाट तीसको दशकबाट भूमिगत राजनीति सुरु गरेका सिपी गजुरेल र हरिबोल गजुरेल सहोदर नभए पनि एउटै बाजेका नाति हुन् । उमेरमा सिपी दाइ हुन् ।
भूमिगतकाल २०४३ को सेक्टर काण्डपछि महामन्त्री बन्ने प्रतिस्पर्धामा प्रचण्डसँग टक्कर परेपछि सिपी कहिल्यै उनिनिकट भएनन् ।
त्यसयता सिपी फरक कित्तामा रहे पनि भाइ हरिबोलले पछिल्लोपटक पार्टी विभाजन हुँदासम्म उनलाई साथ दिएनन् ।
अहिले हरिबोल माओवादी केन्द्रको सचिवालय सदस्यको रुपमा प्रचण्डको विश्वासपात्र नेता छन् ।