रेस्टुरेन्टमा पूर्वराजपरिवारको जमघटः हिमानीसँगै बसेनन् पारस

NEWS
Spread the love

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार बिहीबार बेलुकी दरबारमार्गमा रहेको त्रिसरा रेस्टुरेन्टमा पुगेर जमघट गरेका छन् ।

पूर्वराजपरिवारका ३५ जना सदस्यहरुले त्यहाँ करिब ३ घन्टा रमाइलो माहोलमा बिताए ।

त्यहाँ पूर्वराजाकी जेठी नातिनी पूर्णिका भने थिइनन् । उनी अहिले बैंककमा छिन् ।

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । सबैले नेपाली खाना खाएका थिए । डिनरपछि उनीहरुले ड्रिंक्स पनि लिए । कुनै विशेष सेलिब्रेसन भने थिएन ।

लामो समयदेखि चिसो सम्बन्धबाट गुज्रिरहेका पारस र हिमानीबीच पनि उक्त डिनरमा राम्रो सौहार्दता देखिएको रेस्टुरेन्ट स्रोत बताउँछ ।

उनीहरु दुई जनासँगै नबसेको तर भलाकुसारी भइरहेको रेस्टुरेन्ट स्रोतले बतायो । पारस छोराछोरीसँग बढी रमाएका थिए ।

डिनरपछि हिमानी छोराछोरीलाई लिएर आधा घन्टा चाँडो विदा मागेर रेस्टुरेन्टबाट हिँडेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *