काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको छ ।
निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यबृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ मूल्य बृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बृद्धि भएको छ ।
यसअघि पेट्रोलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर थियो भने डिजेल र मट्टितेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर थियो ।
निगमले गरेको मूल्यबृद्धिसँगै पेट्रोलका मूल्य प्रतिलिटर १०८ र डिजेल – मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।