श्रीमान विदेश गएपछि…

समाज
7 Shares

काभ्रे – श्रीमान् विदेश गएको मौका पारेर युवतीलाई बलात्कार गर्ने एक पुरुषले घटना लुकाउन एक लाख रुपैयाँ दिएको खुलासा भएको छ ।

बलात्कार गर्ने पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

रोशी गाउँपालिका १घर भई नमोबुद्ध नगरपालिका ९ गहतेमा बस्दै आएका ५२ वर्षीय रामशरण दमार्इंले वडा नं ३ कुण्डलेस्थित आफ्नै खेतमा तोरी लिन गएकी २६ वर्षीया युवतीलाई जबरजस्ती गरेका थिए ।

२०७४ चैत १ गते युवतीलाई जबरजस्ती गरेपछि कसैलाई नभन्नु, भने मारिदिन्छु भन्दै धम्की दिए ।

युवती रुँदै तोरी लिएर फर्किन् । केही समय उनले घरमा घटनाबारे केही भन्न सकिनन् ।

सासुसँगै रहेकी ती युवतीले केहीदिनपछि घटनाबारे आमाजु र जेठानीलाई भनिन् ।

उनका श्रीमान् ५ ७ वर्षदेखि कतारमा छन् । उनी परिवारकी कान्छी बुहारी हुन् ।

यसैबीच दमार्इँले चैत २१ गते एकान्तमा लगेर घटनाबारे समाजमा नभन्न र प्रहरीमा उजुरी नगर्न दबाब मात्र दिएनन्, युवतीका ससुराको हातमा एक लाख रुपैयाँ समेत थमाइदिए ।

पैसा नलिए बाँकी नराख्ने धम्की दिएपछि युवतीका ससुराले नोटको बिटो समाए । तर चैत २२ बिहान बुहारीले जिल्ला प्रहरी कार्यालय काभ्रपलाञ्चोकमा उजुरी दिइन् ।

यससँगै प्रहरीले दमाईंलाई पक्राउ गरी वैशाख १३ गते पुर्पक्षका लागि थुनामा राखेको छ ।

पीडक रामशरणले युवतीका श्रीमान् विदेश गएदेखि आफ्नो प्रेम भएको र सहमतिमा नै यौन सम्बन्ध रहँदै आएको बयान दिएका छन् ।

-नेपाल समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *