काठमाडौं – काठमाडौंमा पत्यार नलाग्ने एउटा घटना भएको छ । एक व्यक्तिले आफ्ना छोराहरुको हत्या गरेका छन् ।
वागमती किनारको सुकुम्बासी बस्तीमा बस्ने व्यक्तिले दुई ‘झड्केलो’ छोराको हत्या गरेका हुन् ।
दिलीप यादवले छोराहरु ८ वर्षका सुजल र ६ वर्षका सुजनको हत्या गरेका हुन् ।
दुई छोराको हत्या गरी शव कोठामै लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
प्रहरीका अनुसार सुजन र सुजललाई लिएर उनकी आमा दिलिपसँग बस्दै आएका थिए ।
तर, करिव एक महिनादेखि उनी वेपत्ता भएपछि दिलिपले दुबै छोराको हत्या गरेका हुन् ।
सोमबार बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा दुबै बालकको शव घरमै भेटिएको जानकारी दिएको छ ।